भारतीय प्राध्यापकको एक टोली रातो मच्छिन्द्रनाथबारे अध्ययन गर्न ललितपुरमा
काठमाडौं । भारतको आसामबाट रातो मच्छिन्द्रनाथबारे सोधमूलक अध्ययन अनुसन्धान गर्न प्राध्यापक, विद्यार्थी लगायतको एक टोली ललितपुर आइपुगेको छ । गुवाहाटी विश्वविद्यालय र कटन विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, जनजाति अनुसन्धान संस्था र नर्थ इस्ट आशीवार्द फाउन्डेसनका अनुसन्धानकर्ता, लेखक, पत्रकार, कलाकार र सांस्कृतिक संगठनका गरी २२ जनाको टोली ललितपुर आइपुगेको ललितपुर महानगरपालिकाले जनाएको छ । बुङमती पुगेर उनीहरुले पुनर्निर्माण भइरहेका रातो मच्छिन्द्रनाथको मन्दिरको बारेमा जानकारी दिएको महानगरले जनाएको छ । उनीहरुले बुङमतीका अन्य सम्पदा, त्यहाँको पुरानो बस्ती र बस्तीको ऐतिहासिक पाटोका बारेमा पनि अभिरुचिपूर्वक सूचना र जानकारी लिएका थिए । ललितपुर महानगरले आयोजना गरेको नेपाको संस्कृति, कला र साहित्य तथा मच्छिन्द्रनाथ सम्बन्धी अन्तरक्रिया…
