‘माइतीको पोषिलो कोसेली’ : कोसेलीमा घिउ ,अन्डा र न्यानो पछ्यौरी
७ साउन,गोरखा।गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको छ । गर्भवती र गर्भमा रहेका शिशुको पोषणमा कमी हुन नदिन ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । “पोषिलो खानेकुराको अभावमा गर्भवती र गर्भमा रहेको शिशुको शारीरिक तथा मानसिक वृद्धिविकासमा असर परिरहेको हुन्छ”, उहाँले भन्नुभयो, “बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि गर्भमा रहँदादेखि नै ध्यान पुर्याउन सकियोस् भन्ने उद्देश्यले ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रम सञ्चालन ल्याइएको हो ।” कार्यक्रमअन्तर्गत पालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भ परीक्षणका आउने गर्भवतीलाई पोषिलो आहार…
