समाज

दुई वर्षको पुरस्कार एकसाथ प्रदान गरिँदै

दुई वर्षको पुरस्कार एकसाथ प्रदान गरिँदै

५ साउन,काठमाडौँ । ‘भुवन चैत्य वसुन्धारा फाउन्डेसन’ले दुई वर्षको पुरस्कार एकसाथ प्रदान गर्ने भएको छ । उक्त पुरस्कार यही महिना प्रदान गरिनेछ । फाउन्डेसनका अध्यक्ष भुवन थापा चन्दले दुई वर्षको छवटा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । नेपाली कला, संस्कृति, रङ्गमञ्च, गीत, सङ्गीत, साहित्य तथा समाजसेवामा सक्रिय व्यक्तित्वलाई पुरस्कार प्रदान गर्न लागिएको उहाँले बताउनुभयो । विसं २०७८ को ‘हरिश–भुवन चन्द पुरस्कार २०७८’बाट चलचित्रकर्मी यादव खरेल, ‘चैत्यदेवी पुरस्कार २०७८’बाट सङ्गीतकर्मी गणेश रसिक र ‘चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार २०७८’बाट अभिनेत्री मिथिला शर्मालाई सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष चन्दले बताउनुभयो । यस्तै ‘हरिश–भुवन चन्द पुरस्कार २०७९’ चलचित्रकर्मी नीर शाह, ‘चैत्यदेवी पुरस्कार २०७९’…
Read More
काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान

काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान

५ साउन,काभ्रे । डेङ्गुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ । काभ्रेपलाञ्चोक डेङ्गुको उच्च जोखिममा रहेकाले नियन्त्रणका लागि पूर्वतयारीका साथ कार्ययोजना तयार पारिएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताउनुभयो । लामखुट्टेले बसोबास गर्न सक्ने ठाउँ, सवारीसाधन मर्मत गर्ने ठाउँ, पानी जम्ने ठाउँ, उद्योग, कलकारखानालगायत ठाउँमा नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन अभियान सञ्चालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको कार्ययोजना, निर्देशन र सहकार्यमा अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै प्रमुख डा सेढाईँले डेङ्गुको निरन्तर निगरानी (क्लिनिकल र प्रयोगशाला)को काम भइरहेको बताउनुभयो । स्थानीय तह,…
Read More
मर्मत गर्न नसक्दा भेन्टिलेटर गोदाममा थन्किए

मर्मत गर्न नसक्दा भेन्टिलेटर गोदाममा थन्किए

५ साउन,जानकी । मर्मत गर्न नसक्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १२ भेन्टिलेटर गादाममा थन्किएका छन् । कोभिड–१९ को समयमा सरकार र विभिन्न दाताले ती भेन्टिलेटर सहयोग गरेका हुन् । भेन्टिलेटर बिग्रिएपछि गोदाममा थन्क्याइएको भेरी अस्पतालका चिकित्सक डा पारस पाण्डेले बताउनुभयो । “भेन्टिलेटर अभावमा कोभिड–१९ का बिरामीको उपचारमा समस्या भएपछि विभिन्न दाताले पाँचवटा उपलब्ध गराएका थिए । मर्मत गर्न नसक्दा गोदाममा थन्किएका छन् ।” सरकारले खरिद गरेका २० मध्ये सातवटा भेन्टिलेटर पनि बिग्रिएको उहाँले बताउनुभयो । अस्पतालसित बाँकी रहेका १३ भेन्टिलेटरमा पनि ब्याट्रीको समस्या देखिएको डा पाण्डेले बताउनुभयो । “मर्मतका लागि रकमको खाँचो छ, उपलब्ध हुनासाथ मर्मत गर्छौँ”, उहाँले भन्नुभयो ।…
Read More
नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

५ साउन,भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा नयाँ पम्प जडान भएसँगै बिहीबारदेखि नहरमा पानी छाडिएको छ । साउन लागिसक्दा पनि धान रोप्न नपाएर किसान पानी छाडेपछि हर्षित भएका छन् । बिहीबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले नयाँ पम्पको उद्घाटन र पानी छाड्ने कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री जोशीले किसानलाई समयमै पानी उपलब्ध गराउन ढिलाइ भएको बताउनुभयो । उहाँले सरकारी काममा ढिलासुस्ती हुने गरेको भन्दै अब कुनै पनि बाहानामा ढिलासुस्तीलाई छुट नहुने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका सांसद जेएन थपलियाले सांसद नारायणी लिफ्ट सिँचाइ प्रणाली पुरानो र खर्चिलो भएको भन्दै यसको…
Read More
लम्पी स्किनको प्रभाव : २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित

लम्पी स्किनको प्रभाव : २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित

५ साउन,महेन्द्रनगर । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि एको छ । तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा छ सय ३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगायएको छ । “तीन…
Read More
जग्गा अतिक्रमण गर्ने तीनजना नियन्त्रणमा

जग्गा अतिक्रमण गर्ने तीनजना नियन्त्रणमा

५ साउन,गोलबजार। वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका–१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो । सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्र्याक्टरसहित तीनै जनालाई सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । गोलबजार–१० धोबियाधारस्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको सहायक वन अधिकृत सत्यनारायण यादवले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई वन ऐनअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्राले जानकारी…
Read More
नेपाल र चीनबीच कृषि सीप आदान–प्रदान हुने

नेपाल र चीनबीच कृषि सीप आदान–प्रदान हुने

५ साउन,काठमाडौँ । नेपाल र चीनबीच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा सीपको आदान–प्रदान गर्ने समझदारी भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडमी अफ एग्रिकल्चर साइन्स (सास)का बीचमा बिहीबार सहमति भएको हो । नार्कका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराई र सासका उपाध्यक्ष डा लेओ योङहङबीच प्रविधि विकास र सीप आदान–प्रदान गर्न समझदारी भएको हो । दुई देशका कृषक एवं कृषिको विकासका लागि विकास गरिएका प्रविधि प्रदर्शन, हस्तानान्तरण तथा प्रवर्द्र्धन गरिने छ । यही सम्बन्धमा खुमलटारस्थित नार्कको केन्द्रीय कार्यायलमा नार्क र सासको उच्चस्तरीय प्रतिनिधिमण्डलका बीचमा भेटघाट एवं छलफल भएको नार्कका कार्यकारी निर्देशक डा भट्टराईले जानकारी दिनुुभयो ।…
Read More
सिसीक्यामेरा अपराध अनुसन्धानको सारथी

सिसीक्यामेरा अपराध अनुसन्धानको सारथी

५ साउन,बलेवा । गते असार २५ गते बागलुङ बजार नजिकै अपरिचित व्यक्तिबाट बलात्कृत भएको भन्दै कास्कीको पोखरा महानगरपालिकाकी एक युवतीले प्रहरीमा जाहेरी दिइन् । बागलुङ नगरपालिका–१ मालढुङ्गा नजिकैको जङ्गलमा बलात्कृत भएको प्रहरीमा दर्ता भएको जाहेरीमा उल्लेख छ । हुलियासमेत राम्रोसँग याद नगरेकी युवतीको जाहेरीपछि प्रहरीले आरोपीको खोजी गर्न थाल्यो । तर एकै दिनमा आरोपी फेला पर्नेमा प्रहरी ढुक्क थिएन । युवतीले बलात्कार गर्ने व्यक्ति युवा भएको बताएकी थिइन् । पीडितलाई न्याय दिलाउन प्रहरीले अनुसन्धान थाल्यो । प्रहरीको अनुसन्धानको सारथी बन्यो मालढुङ्गामा जडान गरिएको सिसीक्यामेरा । मालढुङ्गा नजिकैको जङ्गल घटनास्थल भएकाले प्रहरीले त्यही क्षेत्रमा शङ्कास्पद व्यक्तिको खोजी थाल्यो । बलात्कार गरेका…
Read More
एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै

५ साउन,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ । एकीकृत समाजवादीमा उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज पद रिक्त छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा एक सातादेखि जारी बैठक आज सम्पन्न हुने बताइएको छ । सबै नेताहरूले धारणा राख्ने क्रम सकिएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका साथै आगामी कार्ययोजनाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । अध्यक्ष नेपालको प्रतिवेदनमा सङ्गठन सुदृढीकरण अभियानको समीक्षा…
Read More
गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

५ साउन ,चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो । साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शब आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
Read More
Page 171 of 452
1 … 169 170 171 172 173 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.