भारतीय दूतावासको सहयोगमा रुपन्देहीको राममणि क्याम्पस र नाहरपुर माविमा भवन निर्माण
काठमाडाैं । नेपालस्थित भारतीय दूतावासको सहयोगमा निर्मित रुपन्देहीको राममणि बहुमुखी क्याम्पस र नाहरपुर माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र सोही क्षेत्रका सांसद तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललगायत पदाधिकारी उद्घाटन कार्यक्रममा सहभागी थिए । नेपाल–भारत विकास सहयोग परियोजनाअन्तर्गत भारतीय सरकारको ५ कडोर ८० लाख रुपैयाँ सहयोगमा भवन निर्माण गरिएको हो । राममणिमा अत्यावश्यक फर्निचरसहित तीनतले भवन निर्माण गरिएको छ भने नाहरपुरमा दुईतले भवन निर्माण गरिएको छ । कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सरकारले गरिने सबै प्रकारका सहयोग नेपालका स्थानीय र संघीय सरकारको सिफारिस तथा निर्णयका आधारमा गरिने जनाए । नेपाल–भारतको बलियो पुरानो सम्बन्धलाई प्रगाढ…
