चीनबाट आयातित लाइटर भारततर्फ तस्करी
विराटनगर । बीस रुपैयाँभन्दा कम मूल्यको पकेट लाइटर आयातमा भारतले प्रतिबन्ध लगाएसँगै नेपालबाट तस्करी मौलाएको छ । चीनबाट आयात हुने लाइटर नेपालका विभिन्न नाकाको बाटो हुँदै अवैध रूपमा भारत निकासी हुँदै आएको छ । तेस्रो देशबाट आयातित वस्तु नेपाललाई ‘ट्रान्जिट’ बनाएर खुलेआम भारत तस्करी भइरहेको हो । नेपाल–भारत द्विपक्षीय व्यापार सन्धिअनुसार एक देशबाट आयातित सामान सोझै अर्को देश निर्यात गर्न मिल्दैन । तर, व्यवसायीहरूले चीनबाट आयात गरेको लाइटर गोदामबाट सोझै भारत पठाइरहेका छन् । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले तेस्रो देशबाट आएको वस्तु सोझै निकासी गर्न नमिल्ने बताउँदै भन्सारलाई आएको मात्रै थाहा हुने र गएको बारे खासै चासो नहुने जनाए । उनले भने, ‘हामीलाई भारततिर गएको…
