समाज

बङ्लाचुलीमा एफटिटीएच सेवा

बङ्लाचुलीमा एफटिटीएच सेवा

८ मङ्सिर,घोराही (दाङ) ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बङ्लाचुली गाउँपालिकास्थित कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटीएच) सेवाको बिहीबार शुभारम्भ गर्नुभएको छ । सो सेवा थालनी भएसँगै बङ्लाचुली क्षेत्रमा अब द्रूतगतिको ‘इन्टरनेट’ सेवा चल्नेछ । अप्टिकल फाइबरमा आधारित सो सेवा मार्फत ल्याण्डलाइन टेलिफोन, तीव्रगतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने जनाइएको छ । कमिरेचौरमा पाँच सय १२ लाइन क्षमताका फाइबर डिस्ट्रिब्युसन क्याविनेट (एफडिसी) जडान गरी सेवा सुरु गरिएको हो । नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय काठमाडौँका इन्जिनियर सुरेश भण्डारीका अनुसार पहिलो चरणमा बङ्गलाचुली गाउँपालिकाको कार्यालय, कमिरेचौर बजार र श्रीवारीका गाउँमा यो सेवा उपलब्ध गराइने छ ।…
Read More
वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष शाही

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष शाही

७ मंसिर ,काठमाडाैं ।  तुर्माखाँद गाउँपालिका प्रदेश नं.७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली गाविस मिलेर बनेको बनेको यो गाउँपालिका २३२।०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । तुर्माखाँद गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन । तुर्माखाँद गाउँपालिकामा प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ८ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। तुर्माखाँद गाउँपालिकास्थित वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष निरक…
Read More
आन्दोलन निगरानीका लागि प्रहरीले गर्‍यो ड्रोन परिचालन

आन्दोलन निगरानीका लागि प्रहरीले गर्‍यो ड्रोन परिचालन

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा भइरहेको आन्दोलन तथा प्रदर्शनलाई निगरानी गर्न नेपाल प्रहरीले ड्रोन परिचालन गरेको छ । आन्दोलनका क्रममा विशेष सुरक्षा प्रबन्ध मिलाउन प्रहरीले ड्रोन परिचालन गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले काठमाडौंका तीनकुने, बल्खु क्षेत्रसहित विभिन्न स्थानमा ड्रोन परिचालन गरेको जानकारी दिए । कुन क्षेत्रमा कति सङ्ख्यामा ड्रोन प्रयोग गरिएको छ भन्नेबारे भने उनले खुलाएनन् ।
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छु : अध्यक्ष विष्ट

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छु : अध्यक्ष विष्ट

७ मंसिर, काठमाडाैँ । खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज  र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिइको हो । खप्तड छेडेदह गाउपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो । यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु…
Read More
‘बाबुरामजीले नै म कम्युनिस्ट होइन भनेपछि सकिइहाल्यो, कुरो प्रचण्डजीको हो’

‘बाबुरामजीले नै म कम्युनिस्ट होइन भनेपछि सकिइहाल्यो, कुरो प्रचण्डजीको हो’

नेतृत्व गर्ने बाबुराम, प्रचण्ड र हामी नै हौं । बाबुरामजीले कम्युनिस्ट विचारधारा नै मान्दिनँ भन्नुभयो । उहाँको कुरा सकिइहाल्यो । प्रचण्डजीको कुरा हो । उहाँ यही संविधान र व्यवस्थाको रक्षा गरेर जानुपर्छ भन्नुहुन्छ । तत्कालीन सात राजनीतिक दल र युद्धरत नेकपा (माओवादी) बीच शान्ति सम्झौता भएको यही ५ मंसिरमा १७ वर्ष पूरा भएको छ । उक्त विस्तृत शान्ति सम्झौताका कतिपय महत्वपूर्ण काम अझै टुंगिन नसकेका कारण युद्धपीडितको घाउमा मल्हम लगाउने काम राज्यले गर्न सकेको छैन । तत्कालीन नेकपा (माओवादी) को मूल नेतृत्वमा रहेका मध्ये मोहन वैद्य ‘किरण’ ले सुरुदेखि नै विस्तृत शान्ति सम्झौतामा फरक मत र असन्तुष्टि व्यक्त गर्दै आइरहेका…
Read More
आजको मौसम : हल्का हिमपातको सम्भावना

आजको मौसम : हल्का हिमपातको सम्भावना

७ मङ्सिर, काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।…
Read More
एचआइभी सङ्क्रमित आफ्नै खुट्टामा उभिने प्रयासमा

एचआइभी सङ्क्रमित आफ्नै खुट्टामा उभिने प्रयासमा

७ मङ्सिर,चितवन ।  हाम्रो समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । त्यसैले सङ्क्रमित खुल्न सकेका छैनन् । परिवार र समाजले हेला गरेपछि सङ्क्रमित किशोरकिशोरी आफ्नै खुट्टामा उभिनका लागि विभिन्न उपाय खोज्न थालेका छन् । माडी नगरपालिका घर भएकी २० वर्षीया अम्बिका सुनार (नाम परिवर्तीत) घरमा हेला भएपछि चार वर्षदेखि दिदीको घरमा बस्दै आउनुभएको छ । आमाको निधनपछि उहाँका बुबाले अर्की श्रीमती भित्र्याएदेखि नै सुनारलाई हेला गर्न थालिएको हो । आफू ११ वर्षको हुँदा एचआइभी सङ्क्रमण पुष्टि भएको उहाँ बताउनुहुन्छ । सौतेनी आमाको व्यवहारका कारण कक्षा ८ सम्म अध्ययन गरेर पढाइ छोड्नुभएकी सुनार अहिले आफ्नै खुट्टामा उभिन…
Read More
तेह्र सय वर्ष पुरानो गङ्गाजमुना जात्रा

तेह्र सय वर्ष पुरानो गङ्गाजमुना जात्रा

७ मङ्सिर,मलेखु (धादिङ)।  धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वर्षांैदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् । धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ । गङ्गाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । यस वर्ष बुधबार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान त्यही स्नान गरी पूजाआजा गरेका छन् । तेह्र सय वर्ष अगाडि गङ्गा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै…
Read More
विराटनगरको सीमावर्ती क्षेत्रमा १९६ किलो गाँजा बरामद

विराटनगरको सीमावर्ती क्षेत्रमा १९६ किलो गाँजा बरामद

७ मंसिर, विराटनगर । विराटनगरबाट प्रहरीले १९६ किलो गाँजा बरामद गरेको छ । बिहीबार बिहान करिब ३ बजे सीमावर्ती क्षेत्रबाट १९६ किलो गाँजा बरामद गरेको हो । विराटनगर महानगरपालिका–१८ बाट गाँजा बरामद भएको प्रहरीले बताएको छ । कारोबारी भने नभेटिएको प्रहरीले बताएको छ । प्लाष्टिकको झोलामा पोको पारेर खेतमा परालभित्र लुकाएको अवस्थामा गाँजा बरामद भएको थियो । कारोबारीको खोजी भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । भारत लैजानका लागि खेतमा लुकाएर राखेको हुनसक्ने प्रहरीको आकलन छ । कोशी प्रदेशको पहाडी जिल्लामा गाँजा खेती हुन्छ । उत्पादित गाँजा कारोबारीले भरिया प्रयोग गरेर मोरङ र सुनसरीको भित्री बाटो हुँदै भारत…
Read More
धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

७ मंसिर, धनगढी । धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालीका-५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनारसमेतले अवैध रुपमा सञ्चालन गरेको आई.टी सेन्टरबाट ८ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कुलदिप चन्दले जानकारी दिए । उनकाअनुसार पक्राउ पर्नेमा डोटीको सिखर  नगरपालिका-१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार, भारतको उत्तमनगर दिल्ली बस्ने  २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर्ष २४ को निखिल कुमार रहेका छन् । यस्तै भारतको दिल्ली बस्ने  १९ वर्षीय प्रियंसु टापु,  कञ्चनपुरको पुनर्वास नगरपालिका-६ बस्ने…
Read More
Page 48 of 452
1 … 46 47 48 49 50 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.