एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै
१८ फागुन,रेसुङ्गा । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ । एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ । नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गर्नुभएकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो । “हामी त बाध्य भएर यसरी पढाउँदै छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई पढ असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ ।” दुवै कक्षाका गरी ३० भन्दा बढी…
