समाज

वान सिनेमाज्मा आक्रामक ‘एनिमल’, मुभी लभरको रोजाइमा हल

वान सिनेमाज्मा आक्रामक ‘एनिमल’, मुभी लभरको रोजाइमा हल

१५, मंसिर, काठमाडाैँ।  काठमाडौंको नयाँ बाँनेश्वरमा अवस्थित आई प्लेक्स मलको चौथो तलामा रहेको वान सिनेमाज् मुभी लभरहरुको रोजाइमा परिरहेको छ । आज शुक्रबारदेखि रिलिजमा आएको बलिउड फिल्म ‘एनिमल’को आक्रामक बुकिङले पनि यो कुराको पुष्टि गर्छ । यो फिल्मलाई नयाँ बाँनेश्वर र कालिमाटीमा रहेको वान सिनेमाज्ले २२ शोज उपलब्ध गराएका छन् । दुवै हलमा आज र भोलिका लागि अधिकांश शोजको टिकट सोल्ड आउट भइसकेको छ । विशेषगरि, सुविधा सम्पन्न हल, उत्कृष्ट व्यवस्थापन, उत्कृष्ट साउन्ड र सुविधाजनक स्थानमा भएकाले पनि यो हल दर्शकको रोजाइमा परेको हो । यस्तै, कालिमाटीमा रहेको वान सिनेमाज् पनि मुभी लभरहरुको रोजाइमा परिरहेको छ । कालिमाटीमा पनि ‘एनिमल’को…
Read More
बैंकहरुले धेरै ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर

बैंकहरुले धेरै ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर

१५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान गरेका छन् । बाहिर हल्ला गरेर अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन उनले आह्वान गरेका हुन् । आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने आश्वासन दिए । गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको अधिकारीले बताए । केहीले नेताहरु भेट्दै १६÷१८ प्रतिशत ब्याज बैंकले लिएको भन्दै हिँड्ने गरेको भन्दै उनले सो दरको ब्याज लिएको भएमा तथ्यसहित…
Read More
ईयूको कालोसूचीबाट अझै हटेन नेपालको हवाई क्षेत्र

ईयूको कालोसूचीबाट अझै हटेन नेपालको हवाई क्षेत्र

१४  मंसिर, काठमाडौं ।युरोपेली युनियनले नेपालको नागरिक उड्डयन (हवाई) क्षेत्रलाई उडान सुरक्षा चासो (कालोसूची)मा कायमै राखेको छ । ईयूले बिहीबार उडान सुरक्षा चासोको सूचीमा परेका एयरलाइन्सहरुको नयाँ सूची सार्वजनिक गरेको छ, जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीहरु छन् । नेपाली वायुसेवा कम्पनीहरु सन् २०१३ देखि नै यो सूचीमा परेका छन् । कालोसूचीमा पर्ने वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकको आकासमा उडान अनुमति पाउँदैनन् । २०१३ मा नेपाल युरोपेली युनियनको कालोसूचीमा पर्नुको मुख्य कारण अन्तर्राष्ट्रिय नियमनकारी निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीमा नेपाल पर्नु थियो । आइकाओले उठाएकामध्ये बहुसंख्यक चासो सम्बोधन…
Read More
धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र सुरु

धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र सुरु

१५ मङ्सिर,गोदावरी (कैलाली) । धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार किलोमिटर कालोपत्र गर्न थालिएको हो । गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको उक्त सडक चालु आवमा अगाडि बढेको उहाँले बताउनुभयो । द्रुतमार्गको २३ किमी सडक कालोपत्रका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो । धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किमी सडक कालोपत्रका लागि सम्झौता भएको थियो । कैलालीमा थप साढे छ किमी र डोटीतर्फ १५…
Read More
घर खाली छाडेर चाडपर्व मनाउन जाँदा डाक्टर र कर्णेलको घरमा चोरी

घर खाली छाडेर चाडपर्व मनाउन जाँदा डाक्टर र कर्णेलको घरमा चोरी

१४ मंसिर, ललितपुर । प्रहरीले सामान्यतः दसैं, तिहारमा घर जानु परे खबर गरेर जानु भन्छ, नभए छरछिमेकलाई रेखदेखका लागि भन्न सूचित गर्छ । दसैंमा घर जाँदा चोरी होला भनेर त्यसैलाई लक्षित गरेर सुरक्षा योजना बनाएर काम पनि गर्छ । तर, सुरक्षाका लागि प्रहरी चनाखो बन्ने त्यही दसैंका बेला भैंसेपाटीका डा. फाहद आलमको घरमा ताल्चा फोडेर चोरी भयो । १२ मंसिरदेखि २१ गतेसम्म घरमा कोही नभएका बेला चोरहरुको नजरमा आलमको घर पर्‍यो । चोरी गर्ने व्यक्तिहरुले घरमा भएको यूएस डलर, सुनको औंठी, म्याकबुक मात्र उठाएनन्, डा. आलमको अक्सोमिटर (अक्सिजन नाप्ने उपकरण) पनि लगे । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहका…
Read More
युद्धविराम सम्झौता समाप्त भएसँगै इजरायल र हमासबीच युद्ध सुरु

युद्धविराम सम्झौता समाप्त भएसँगै इजरायल र हमासबीच युद्ध सुरु

१५ मंसिर, काठमाडौं । हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको हो हो । गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो। बीबीसीका अनुसार सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको दाबी गरेको थियो । ‘हमासले इजरायलमा गोली चलाउन थालेको छ, यो युद्धविराम सम्झौताको उल्लङ्घन हो,’ इजरायली सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ । अमेरिका, कतार र इजिप्टको निरन्तरको मध्यस्थताका बावजुद पनि युद्धविराम लम्बिन सकेन । विश्व समुदायले…
Read More
सर्दु जलाधार सीमाङ्कन विवाद : धरानका तीन हजार घरधुरीले व्यहोरेको हैरानी

सर्दु जलाधार सीमाङ्कन विवाद : धरानका तीन हजार घरधुरीले व्यहोरेको हैरानी

१४ मंसिर, धरान । तत्कालीन राजा वीरेन्द्रको हुकुमले २०३३ सालमा घोषणा भएको धरानको सर्दु जलाधार क्षेत्रको यकिन सीमाङ्कन र क्षेत्रफल तय नहुँदा पछिल्लो समय धरानका करिब ३ हजार घरघुरीका १० हजार जनाले अनावश्यक मानसिक तनाव व्यहोर्नु परिरहेको छ । धरान उपमहानगरपालिका, वन, नापी विभाग, मालपोत, भूमि व्यवस्थासँग सर्दु जलाधारको यकिन कागजात नहुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रसान कार्यालय सुनसरी र तीनै तहका न्यायपालिका समेत रनभुल्लमा छन् । त्यसको नतिजा स्थानीय नगरवासीले आफ्नो पैतृक सम्पत्ति बेचबिखन गर्न, बैंकमा राख्न, घर निर्माण गर्न वा अरू योजना बनाउन नसकेको डेढ वर्ष भयो । कतिसम्म भने उपमहानगरपालिकाले गर्ने भौतिक पूर्वाधारका काम समेत ती…
Read More
नेपाल सुपर लिग २०२३ : चितवनले पहिलोपल्ट वीरगञ्जको सामना गर्दै, यस्तो छ तथ्यांक

नेपाल सुपर लिग २०२३ : चितवनले पहिलोपल्ट वीरगञ्जको सामना गर्दै, यस्तो छ तथ्यांक

१५ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शुक्रबार चितवन एफसीले वीरगञ्ज युनाइटेडको सामना गर्दैछ । दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् । १. चितवन र वीरगञ्जबीच यसपल्टको प्रतियोगिताको नवौं खेल हुँदैछ । यो समग्रमा प्रतियोगिताको ३४ औं खेल हुनेछ । २. वीरगञ्ज प्रतियोगिताको नवप्रवेशी टिम हो । त्यसैले चितवनले पहिलो पटक वीरगञ्जको सामना गर्दैछ । ३. दुवै टिम प्रतियोगितामा पहिलो जितको प्रयासमा हुनेछन् । चितवनले यसपल्ट दुई खेल खेलिसकेको छ । त्यसमा एक हार र एक बराबरी रहेको छ । पोखरा थन्डर्सको हातबाट १–० ले पराजित भएपछि चितवनले काठमाडौं…
Read More
एम्बुलेन्समा जोडिएका जीपीएस नवीकरण गर्न परिपत्र

एम्बुलेन्समा जोडिएका जीपीएस नवीकरण गर्न परिपत्र

१५ मंसिर, पोखरा । अघिल्लो आर्थिक वर्ष एम्बुलेन्समा जडान गरिएका जीपीएसको म्याद गुज्रदा पनि नवीकरण गर्न नआएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले नवीकरणका लागि परिपत्र जारी गरेको छ । मन्त्रालयका सचिज डा. विनोदविन्दु शर्माले मंगलबार केन्द्रीय स्वास्थ्य मन्त्रालयसहित गण्डकी प्रदेशका सम्पूर्ण सम्बन्धित संघसंस्थालाई एम्बुलेन्सको जीपीएस नवीकरण गर्न परिपत्र जारी गरेका हुन् । राष्ट्रिय एम्बुलेन्स निर्देशिका ऐन २०७८ को १४ अनुसार गण्डकी प्रदेशले अघिल्लो वर्ष असोजदेखि विभिन्न चरणमा गण्डकीमा चल्ने एम्बुलेन्सहरुमा जीपीएस जडान सुरु गरेको थियो । मन्त्रालयका अधिकृत बुद्धिसागर अधिकारीका अनुसार उक्त जीपीएसको म्याद एक वर्ष हुन्छ । गत आर्थिक वर्षमा गण्डकीमा १२२ वटा एम्बुलेन्सले जीपीएस दर्ता गरेका थिए ।…
Read More
कर्णालीको कहर : बैगुनी सरकार

कर्णालीको कहर : बैगुनी सरकार

१५ मंसिर, काठमाडाैँ ।  कर्णाली अभाव, असमानता र अन्यायको गहिरो चक्रमा फसेको छ। कर्णालीमा रहेका ठूला पार्टीका नेताहरू राज्यस्रोत वितरणमा रहेको विभेद विरुद्ध एकताबद्ध हुनुको सट्टा जनताको समय बर्बादी गर्न घरदैलो गरेको देखिन्छ। जनताको अगाडि फेरि के सपना देखाए होलान्, बडो आश्चर्य लाग्छ। सत्ता अभ्यासमा विभेद- सरकार गठनमा प्रायः छुटाइन्छ माथिल्लो कर्णालीलाई नेपालको सिंजा कुनै वेलाको वैभवशाली इतिहास भएको क्षेत्र हो। हो, त्यही वैभवशाली विशाल राज्यमा नेपाली भाषाको उत्पत्ति र विकास भयो। यही भूमिमा खसआर्यहरूले आफूलाई हुर्काउन, जोगाउन र क्षमता विस्तार गर्न पाए। त्यसैले त कहिलेकाहीं ब्राह्मण–क्षेत्री नेताहरूले आफ्नो पुर्ख्यौली थलो जुम्लाको सिंजा भन्न भ्याइहाल्छन्। यो वैभवशाली क्षेत्र नेपाल एकीकरण…
Read More
Page 36 of 452
1 … 34 35 36 37 38 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.