लुम्बिनीमा दुई दिने नेपाल–भारत सांस्कृतिक महोत्सव चल्दै
काठमाडाैं । काठमाडौंस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी वाैद्ध विश्वविद्यालयसँगको सहकार्यमा शुक्रबार लुम्बिनीमा नेपाल–भारत सांस्कृतिक महोत्सवको आयोजना गरेकाे छ। महोत्सवमा वाैद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परालाई देखाइएको छ । महोत्सवको मुख्य आकर्षण भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुले तयार पारेको ‘स्याण्ड मण्डला’ चित्रकला प्रदर्शनी, प्रख्यात फोटोग्राफर बेनोय बहलका तस्वीरमा आधारित फोटो प्रदर्शनी, भारतीय र नेपाली परिकारसहितको स्ट्रिट फुड फेस्टिभल र साँस्कृतिक कार्यक्रम रहेको दूतावासले जनाएकाे छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संयुक्त रुपमा उक्त महोत्सवको…
