समाज

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

३ चैत,कमलामाई (सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अग्र्यानिक परिकार, स्थानीयको…
Read More
कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर

कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर

३ चैत,नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी छन् । धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको कारागार प्रशासनले जनाएको छ । पन्ध्र–सोह्र जनाले एउटै बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले गुनासो गरेका उनीहरूका आफन्तजन बताउँछन् । कारागारमा अहिले महिला ७४, चार सय २१ पुरुष र तीन नाबालक छन् । साविकको पश्चिमाञ्चल क्षेत्रमै नमूना करागारका रूपमा रहेको भए पनि अहिले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या बढ््दै गएको जेलर पुनराम…
Read More
पूर्वाधार निर्माणमा लापरबाही : दश महिनामा १० प्रतिशत काम

पूर्वाधार निर्माणमा लापरबाही : दश महिनामा १० प्रतिशत काम

३ चैत,गलकोट । बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाले चार वर्षको प्रयासबीच जग्गा व्यवस्थापन गरेर निर्माण गर्न थालेको प्रशासकीय भवन निर्माण ठेक्का सम्झौताअनुसार अगाडि नबढ्दा समस्या भएको छ । गलकोट नगरपालिका–६ मजुवाफाँटमा नगरपालिकाले व्यवस्थापन गरेको आठ रोपनी जग्गामा प्रशासकीय भवन निर्माण गर्नका लागि २०७९ असार १४ गते सम्झौता भएको थियो । सम्झौताको करिब १० महिना बित्दा बल्ल प्रशासकीय भवन निर्माण सुरु भएको छ । रु १२ करोड ४१ लाखको लागतमा रविना जुगल जेभीसँग २०८१ मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । हालसम्म १० प्रतिशत कार्यप्रगति समेत नभएको गलकोटका नगरप्रमुख भरत…
Read More
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

२ चैत,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५१ अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा भने ओरालो लागेको छ । विभिन्न कम्पनीका कूल ३४ लाख दुई हजार दुई सय ६७ कित्ता शेयर रू एक…
Read More
‘मगर खाम भाषा’मा पाठ्यक्रम

‘मगर खाम भाषा’मा पाठ्यक्रम

२ चैत,ढोरपाटन । निसीखोला गाउँपालिकाले यहाँ बोलिने ‘मगर खाम भाषा’ मा पाठ्यक्रम बनाएको छ । नयाँ पाठ्यक्रम यसवर्षदेखि कक्षा एकदेखि आठसम्म लागू गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराज पुनले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षनै पाठ्यक्रम निर्माण गरिएको थियो । तर यहाँ बोलिने मगर खाम भाषा समावेश नहुँदा पाठ्यक्रम कार्यान्वयन गर्न नसकिएको हो । निसीखोला– ५ र ६ मा बसोबास गर्ने स्थानीय ‘मगर खाम भाषा’ बोल्ने गर्छन् । अन्य वडामा भने यो भाषा प्रयोग हुँदैन । गाउँपालिकाले नेपाली र मगर खाम भाषा दुवैमा पाठ्यक्रम नर्माण गरेर पाठ्यपुस्तक तयार गर्ने उहाँको भनाइ छ । मगर खाम भाषाको पाठ्यपुस्तक दुई बाहेक…
Read More
सियारीमा ९५ प्रतिशत योजना सम्झौता

सियारीमा ९५ प्रतिशत योजना सम्झौता

 २ चैत,लुम्बिनी । रुपन्देहीको सियारी गाउँपालिकाले चालु आर्थिक वर्षमा छनोट भएका योजनाको काम प्रभावकारीरुपमा अगाडि बढाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छनोट गरी गाउँसभाबाट पारित भएका योजनामध्ये ९५ प्रतिशत योजनाको सम्झौता गरी कामको सुरुआत गरिसकेको जनाएको छ । सम्झौता भएका एक सय ७८ योजनामध्ये ६० वटा योजनाको निर्माण सम्पन्न भइसकेको योजना शाखा प्रमुख रोमलाल पुरीले जानकारी दिनुभयो । पालिकाले सडक, नाली, कल्भर्ट, भवन तथा आवास निर्माण, धर्मशाला निर्माणलगायतका पूर्वाधार निर्माणका काम अगाडि बढेको उहाँको भनाइ छ । गाउँपालिकाले पालिकाभित्र सुरु भएका विकास निर्माणका कामको अनुगमनलाई पनि तीव्रता दिएको छ । पालिकाले विभिन्न उपभोक्ता समूह तथा ठेक्का सम्झौतामार्फत निर्माण…
Read More
अन्तर्वार्ता : सङ्घीयताको अभ्यास सन्तोषजनक छ : मुख्यमन्त्री कार्की

अन्तर्वार्ता : सङ्घीयताको अभ्यास सन्तोषजनक छ : मुख्यमन्त्री कार्की

२ चैत,काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायाँमा परेको बताउनुभएको छ । उहाँले मुलुकले सङ्घीयताको अभ्यास थालेको सात वर्षकै अवधिमा सन्तोषजनक भएको दाबी गर्नुभयो । सङ्घीयताको अभ्यासमा प्रदेश सरकारको उपलब्धि र चुनौतीका विषयमा मुख्यमन्त्री कार्कीसँग राससका समाचारदाता नारायण न्यौपाने र सिर्जना राईले गर्नुभएको सङ्क्षिप्त कुराकानीमा उहाँले सङ्घीय निजामती कानुन निर्माण र प्रदेश प्रहरी समायोजनसम्बन्धी विषयमा केन्द्रीय सरकारबाट छिटो निर्णय हुनुपर्नेमा जोड दिनुभयो । मुलुक तीन तहको सरकारसहित सङ्घीयताको अभ्यासमा छ, यो सात वर्षको अवधिमा भएका अभ्यासलाई कसरी लिनुभएको छ ? सङ्घीयताको अहिलेसम्मको अभ्यासलाई सन्तोषजनक नै मान्नपर्छ । तर सङ्घीयताको पूर्णरुपमा…
Read More
गोठ र खोर सुधारमा अनुदान

गोठ र खोर सुधारमा अनुदान

२ चैत,कास्की । माछापुच्छ्रे गाउँपालिका कृषकलाई गाईभैँसीको गोठसहित बाख्राको खोर सुधार कार्यक्रमका लागि अनुदान वितरण गर्ने भएको छ । गाउँपालिकाले पशु सेवा शाखाको समन्वयमा गोठ र खोर सुधार कार्यक्रमअन्तर्गत ८२ कृषक तथा फार्मलाई अनुदान दिने भएको हो । पालिकाबाट दैनिक १० हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । यहाँको व्यावसायिक पशुपालन फस्टाएको छ । गाउँपालिकाका नौ वडाका कृषकले पशुपालनबाट राम्रो आम्दानी गरिरहेका छन् । पशुपालनलाई व्यावसायिक बनाएर कृषकलाई समृद्ध बनाउन पालिकाले सहयोग गर्दै आएको छ । कृषकको अवस्थाका बारेमा अनुगमन गरी प्राविधिक प्रतिवेदनका आधारमा लाभग्राही कृषक छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार…
Read More
स्थानीयवासीले जगाए पुरानो मेला

स्थानीयवासीले जगाए पुरानो मेला

२ चैत,गण्डकी । लामो समयदेखि बन्द रहेको परम्परागत ‘सिस्टेनी मेला’ रुपावासीको सक्रियता फेरि सुरु भएको छ । पचासको दशकको सुरुतिर बन्द भएको उक्त मेलाको जगेर्नामा स्थानीय कस्सिएका हुन् । कास्कीको, रुपा गाउँपालिका–६ मा यसपालिको चैतेदशैँमा दोस्रो सिस्टेनी मेला हुँदैछ । रुपाताल छेउमा लाग्ने उक्त मेला यही चैत १५ देखि १७ गतेसम्म चल्ने आयोजक शान्तिरुपा बराहथोक तमु युवा परिवारले जनाएको छ । संस्थाका अध्यक्ष बुद्धिबहादुर गुरुङले खेल, कला, संस्कृति र पर्यटन प्रवद्र्धनको उद्देश्यले मेला राखिएको बताउनुभयो । कास्कीको तेस्रो ठूलो ताल रुपातालको प्रचारप्रसारमा पनि मेलाले सघाउने आयोजकको विश्वास छ । मेलाको आकर्षणमा पुरुष भलिबल, छेलो, रस्साकस्सी र भाले छुने प्रतियोगिता आयोजना…
Read More
अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी

अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी

२ चैत,गलेश्वर । फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अर्गानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । प्रचारप्रसारको अभावमा जिल्लाभित्रै सीमित रहेका यी रैथाने उत्पादनले अब भने बाहिरी बजारमा आफ्नो स्वादलाई चखाउन पाउने भएका छन् । यहाँ पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) ले जिल्लाका महिला उद्यमीलाई चारदिने ‘डिजिटल मार्केटिङ’सम्बन्धी तालिम प्रदान गरेपछि आफ्नो उत्पादनलाई बाहिरी बजारमा पठाउने तयारी सुरु भएको छ । जिल्लामै खपत हुने फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको जुसलगायत हिमाली रैथाने उत्पादनको माग काठमाडौँ र पोखरामा उच्च छ । व्यापारिक ज्ञानको अभावमा जिल्लाभित्र नै सीमित रहेका यी उत्पादन अब ‘डिजिटल मार्केटिङ’ का माध्यमबाट जुनसुकै ठाउँमा…
Read More
Page 352 of 452
1 … 350 351 352 353 354 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.