तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने
१० चैत,काठमाडौँ । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् । यही चैत १७ गते चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । गोविन्दसिंह भण्डारीको निर्देशनमा तयार भएको सो चलचित्रमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टी श्रेष्ठ मुख्य भूमिकामा हुनुहुन्छ । प्रेम र समर्पणमा आधारित उक्त चलचित्रलाई प्रदर्शन गर्ने समय वितरकसँगको छलफलपश्चात् तय गरिएको निर्देशक भण्डारीले बताउनुभयो । “अहिले समय पाउनै मुस्किल छ”, उहाँले भन्नुभयो । यसैगरी चैत २४ गते चलचित्र ‘बहाव’ र ‘प्रसाद…
