बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पुर्याउन निर्देशन
१० चैत,भरतपुर । भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरूको अनुगमन गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाको स्थलगत अनुगमन गरेको हो । भरतपुर–८ मा रहेको एसओएस बालग्राम नेपाल भरतपुर–१२ मा रहेको मुक्ति बालगृह तथा ज्योति बालगृह र भरतपुर–१५ फूलबारीमा रहेकोे सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था नेपालको स्थलगत अनुगमन गरिएको उपप्रमुख अधिकारीले बताउनुभयो । उहाँले बालगृह सञ्चालकलाई मापदण्ड पु¥याएरमात्रै बालगृह सञ्चालन गर्न निर्देशन दिइएको जानकारी गराउनुभयो । “कुनै पनि बालगृह बिनामापदण्ड सञ्चालन गरेको पाइएमा महानगरले कारबाही गर्न पछाडि पर्दैन”, उहाँले भन्नुभयो, “समयमै सुध्रिएर…
