समाज

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

२२ चैत,बेनी । म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार धुमधामका साथ भुमे पूजा गरिएको छ । हरेक वर्ष चैत महिनाको उजेली मङ्गलबारका दिन परम्परागतरूपमा गरिँदै आइएको भुमे पूजालाई उनीहरुले यस वर्ष पनि निरन्तरता दिएका छन् । खेती किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदाय वन, जङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने उद्देश्यले भुमे पूजा गर्ने गरेका हुन् । बर्खा लाग्नु अघि बाढी, पहिरो, असिनालगायत प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित प्रकृति पूजाको…
Read More
उद्योग मेला महोत्सवबाट उद्यमी उत्साहित

उद्योग मेला महोत्सवबाट उद्यमी उत्साहित

२२ चैत ताप्लेजुङ । गत वर्ष आयोजना भएका औद्योगिक मेलापछि उद्योगी व्यवसायीबाट राम्रो प्रतिक्रिया पाएपछि घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले यस वर्ष पनि मेला आयोजना गरेको छ । सदरमुकाम फुङ्लिङमा औद्योगिक कृषि तथा पर्यटन मेला लागेको छ । मेलामा यस वर्ष कोशी प्रदेशका विभिन्न जिल्लाका उद्यमी एकैठाउँमा जम्मा भएका छन् । सबैले आफ्ना उत्पादन ल्याएर प्रदर्शनसहित बिक्री गरिरहेका छन् । पाँचथरको मिक्लाजुङ–१ बाट अघिल्लो वर्ष किबी, गुराँसका जुस, अचारलगायतका उत्पादन लिएर आउनुभएकी जुनु लावती यस वर्ष पनि मेलामा विभिन्न उत्पादन बोकेर आउनुभएको छ । “औद्योगिक मेला महोत्सवले हामी साना उद्योगी व्यवसायीलाई फाइदा भएको छ, पहिले यसरी मेला महोत्सव खासै…
Read More
सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

२२ चैत्र, काठमाडाैँ । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लाग्नुभएको हो । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआउनुभएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । त्यसपछि उहाँले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाउनुभयो । विसं २०६६ मा बुद्धकृष्णले…
Read More
महिला फुटबलको एसियाली छनोट स् पहिलो चरणको खेल मङ्गलबारदेखि

महिला फुटबलको एसियाली छनोट स् पहिलो चरणको खेल मङ्गलबारदेखि

२१ चैत, काठमाडौँ ।   पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले मङ्गलबार भियतनामसित खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोली खेल्नेछन् । ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा भियतनाम छ । सो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए । छनोट खेलको विजेता ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले उक्त प्रतियोगितामा आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले फिफा वरियताले खेलमा खासै असर नगर्ने उल्लेख गर्दै आफ्नो…
Read More
महानगरको फोहर टेलिकमको कार्यालयमा

महानगरको फोहर टेलिकमको कार्यालयमा

२१ चैत्र, वीरगञ्ज । फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ । टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटकपटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरुप फोहर थुपारेको हो । वीरगञ्जमा सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगर प्रहरीसहितको टोलीले सात ट्र्याक्टर फोहर टेलिकमको परिसरभित्र लगेर फालेको जनाइएको छ । टेलिकमले अप्टिकल फाइबार विच्छ््याउने क्रममा बाइपास सडकखण्डको करिब पाँच किलोमिटर कालोपत्र सडक र फुटपाथ…
Read More
मुस्ताङको सेकुङ तालमा बढ्दै पर्यटक

मुस्ताङको सेकुङ तालमा बढ्दै पर्यटक

२१ चैत्र, काठमाडाैँ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा झन् बढेर गएको छ । सडक सञ्जालले छोएपछि दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेको स्थानीयवासी बताउछन् । बहुचर्चित बेनी– जोमसोम– कोरोला सडक खण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने यो तालसम्म पुग्न अहिले लगभग प्रन्ध्र मिनेट लाग्छ । एक वर्ष अगाडि तालसम्म पुग्न पैदलमार्फत जानुपर्ने बाध्यता थियो । पैदल जाँदा करिब डेढ घण्टा लाग्थ्यो । तालबाट दुई ठूला हिमाल धौलागिरि र निलगिरि देख्न सकिन्छ । ताल समुद्री सतहदेखि…
Read More
सडक छिटै बन्नथालेपछि स्थानीयवासी खुसी

सडक छिटै बन्नथालेपछि स्थानीयवासी खुसी

खेमराज गौतम २१ चैत, गलकोट ।  सम्झौता अवधिभित्रै निर्माणको काम कमै मात्र सकिन्छ । प्राय निर्माण कार्य सुस्त हुने भएकाले अधिकांश स्थानमा निर्माण कम्पनीको चर्को आलोचना भइरहेको हुन्छ तर यहाँ एक निर्माण व्यवसायीको सडक निर्माणको प्रगति देखेर स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन् । यहाँ बत्तीस महिनाको सम्झौता मिति रहेको रणनीतिक सडक पाँच महिनामा झन्डै ४० प्रतिशत काम सम्पन्न भएको छ । निर्माण कम्पनीले सम्झौता अगावै सडक कालोपत्र गरी योजनाअनुसार निर्माणमा उल्लेख्य प्रगति गरेको सडक डिभिजन कार्यालयले जनाएको छ । डेढ वर्षमै काम सक्नेगरी अहिले धमाधम काम भइरहेको छ । सडक स्तरोन्नति भइसकेपछि अहिले बागलुङ नगरपालिका–८ स्थित सिगाना वडा कार्यालयमा जिल्ला…
Read More
फेरियो ट्वीटरको लोगो, निलो चराको ठाउँमा कुकुर

फेरियो ट्वीटरको लोगो, निलो चराको ठाउँमा कुकुर

२१ चैत्र ,काठमाडौं ।  सिइओ एलन मस्कले ट्वीटरको एक अर्को अनपेक्षित परिवर्तन गरेका छन् । यस पटक मस्कले ट्वीटरको लोगो नै फेरिदिएका छन् । यो सँगै ट्वीटरबाट निलो चरा गायब भएको छ र ट्वीटरको लोगोमा कुकुरको चित्र ल्याइएको छ । मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् । अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ । विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर छ । हाल मस्कले उक्त क्रिप्टोकरेन्सीको…
Read More
पोखराको पर्यटन व्यवसाय संकटमा

पोखराको पर्यटन व्यवसाय संकटमा

२१ चैत , पोखरा ।    पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट मुक्ति पाउन नसकेपछि समस्यामा परेका छन् । अहिले उनीहरु व्यवसाय धान्न अन्य उपाय खोजिरहेका छन् । “हामी निकै उत्साहित भएर व्यवसायमा लगानी ग¥यौँ, भ्रमण वर्ष, अन्तर्राष्ट्रिय विमानस्थललगायतलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पूर्वाधारमा लगानी ग-यौँ तर काम नसकिँदै कोरोना देखियो र पर्यटन क्षेत्र ठप्प भयो”, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण…
Read More
पूर्वराजाको अभिनन्दनमा किन हटाए ‘श्री ५’ लेखिएका ब्यानर ?

पूर्वराजाको अभिनन्दनमा किन हटाए ‘श्री ५’ लेखिएका ब्यानर ?

इटहरी । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा अभिनन्दन गरिएको छ । राजावादी समूहले उनलाई सोमबार इनरुवामा अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै उनले तन, मन, धन र पदमा लोभ्याएर सामाजिक संरचना कमजोर भएको बताए । देशमा देखिएको समस्यालाई आफूले नजिकबाट नियालिरहेको बताउँदै उनले परिर्वतन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै परिणाम नदिने टिप्पणी गरे । यस अघि भने प्रशासनले ‘श्री ५ महाराजधिराज’ लेखेको ब्यानर हटाएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएका प्रहरीले पूर्वराजा शाहलाई अभिनन्दन गरिने चोकचोकमा टाँसेको श्री ५ लेखिएका ब्यानरहरू हटाएको हो । ‘पूर्वराजा भनेर लेखिएको ब्यानर भने…
Read More
Page 314 of 452
1 … 312 313 314 315 316 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.