समाज

पहाडी भू–भागमा आंशिक बदली

पहाडी भू–भागमा आंशिक बदली

२४ चैत,काठमाडौँ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यसैगरी राति कोशी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । शनिबार भने कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका…
Read More
टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

२४ चैत,ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आउनुभयो । धार्मिकरुपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक मानिने सालको पातबाट तयार हुने टपरी हिजोआज प्रयोग हुने क्रम घट्दो छ । पछिल्लो पुस्ता यसको महत्वबारे कमै जानकार छ । बुन्ने सीप छैन । यस्तो अवस्थामा टपरी लोप हुने अवस्थामा छ । यसको ख्याल गर्दै ताप्लेजुङमा टपरी बुन्ने प्रतियोगिता आयोजना गरिएको हो । मेलामा बिहीबार भएको टपरी प्रतियोगितामा दुई पुरुषसहित ३८ जना सहभागी भए । घरैबाट बाँसको सिन्का…
Read More
टीकापुर साहित्य महोत्सव शनिबारदेखि

टीकापुर साहित्य महोत्सव शनिबारदेखि

२४ चैत,टीकापुर । कैलालीको टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुुँदैछ । टीकापुर साहित्य समाज उक्त महोत्सव आयोजना गरेको हो । टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने छ । छलफलमा सहभागी हुने सहजकर्ता र वहसकर्ताको टुङ्गो लागिसकेको टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन सत्रमा लेखक तथा विश्लेषक सिके लालको ‘सामाजिक सद्भाव’ विषयमा प्रस्तुती रहनेछ । टीकापुर साहित्य महोत्सव हरेक वर्ष गरिने अध्यक्ष शाह बताउनुहुन्छ । महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखक, पत्रकारलगायत सहभागी हुनेछन् । महोत्सवको उद्घाटन सत्रमा तीन विधामा पुरस्कार प्रदान गरिने आयोजक…
Read More
बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

२४ चैत,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पुर्‍याएको थियो । बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । बाढीबाट एक सय ७९ परिवार प्रभावित भएका थिए ।“यीमध्ये १३ परिवारको घर पुनःनिर्माण तथा बाँकीलाई पुनःस्थापना गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ…
Read More
‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’

‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’

२३ चैत,काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंपौवामा बन्न लागेको विश्वशान्ति झ्याङछुप छ्योर्तेनको आज शिलान्यास गर्नुहुँदै उहाँले यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । मन्त्री किराँतीले भन्नुभयो, “स्थानीयस्तरका रैथाने संस्कृति र खानेकुराको प्रचार गर्नु आजको आवश्यकता हो । कुरा मात्र गर्ने र काम नगर्ने खालका परम्परा अन्त्य गर्नुपर्छ ।” शङ्खरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठले पुराना कलासंस्कृति र धार्मिक क्षेत्रलाई बचाउनुपर्छ भन्नुभयो । कार्यक्रममा बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्वशान्ति झ्याङछुप छ्योर्तेन निर्माण सम्पन्न भएपश्चात् काठमाडौँमा नयाँ पर्यटकीय क्षेत्र थपिने बताउनुभयो…
Read More
तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

२३ चैत,दाङ । दाङ तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दाका कैदी छन् । कारागारमा रहेका कूल पाँच सय ५७ कैदीबन्दीमध्ये एक सय ८४ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिनुभयो । कूल कैदीबन्दीमध्ये एक सय ५० कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये एक सय ३७ पुरुष र पाँच महिला कैदीबन्दी छन् भने दुई पुरुष र पाँच महिला थुनुवामा छन् । जसमा एक बालक आश्रित छन् । यसैगरी लागुऔषधका एक सय १३ जना कैदीमध्ये ८९ पुरुष कैदी छन् । साथै चार कैदी र १४ थुनुवा गरी १९ महिला छन् । साथमा एक आश्रित बालक…
Read More
मेलम्चीको पानी वितरण गर्न पाइप विच्छाइँदै

मेलम्चीको पानी वितरण गर्न पाइप विच्छाइँदै

२३ चैत,काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप विच्छ्याउन बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु गरिएको छ । केही वर्ष पहिले विच्छ्याएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरु गरिएको हो । यसअघि एशियाली विकास बैंकको ऋण सहयोगमा चक्रपथभित्रका विभिन्न स्थानमा पाइप विच्छ्याइएको थियो । त्यतिबेला छुटेका स्थानमा अहिले पुराना पाइप परीक्षण गर्नुका साथै नयाँ पाइप विच्छ्याउन सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले छुटेका चक्रपथभित्रका ठाउँ र चक्रपथ बाहिरका केही ठाउँमा अहिले काम भइरहेको छ ।” चक्रपथभित्र बालुवाटार, धुम्बाराही, कलङ्की, स्वयम्भू क्षेत्रमा तथा…
Read More
रुकुमपूर्वमा दुई दिदीबहिनी मृत फेला

रुकुमपूर्वमा दुई दिदीबहिनी मृत फेला

२३ चैत,रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन् । बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन् । स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगर मृत फेला परेका गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिनुभयो । बुधबार साँझ हराएका दुई बालिकाको स्थानीयले खोजी गर्दा आज बिहान रन्मा गाउँकै भिरमा मृत फेला पारेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक (डिएसपी) अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको उहाँको भनाइ छ । बालिकाको गरगहना लुटपाट गरी…
Read More
सामुदायिक विद्यालयले पनि अङ्गे्रजी माध्यममा पठनपाठन गर्ने

सामुदायिक विद्यालयले पनि अङ्गे्रजी माध्यममा पठनपाठन गर्ने

२३ चैत,दोधारा चाँदनी । विद्यालय भर्ना अभियान तीव्र भएका बेला कञ्चनपुरका सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने योजना ल्याएर विद्यार्र्थी आकर्षित गर्न थालेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयले अहिले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान नै सञ्चालन गरेका छन् । अभिभावक तथा विद्यार्थीमा निजी विद्यालयमा आकर्षण रहेका बेला सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने भएका हुन् । कञ्चनपुरको पुरानो सामुदायिक विद्यालय वैजनाथ माध्यमिक विद्यालयले पनि यसै शैक्षिक सत्रदेखि कक्षा ९ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले जानकारी दिनुभयो । “हामीले नर्सरीदेखि कक्षा ९ सम्म नै अङ्ग्रेजी माध्यमबाट समेत पठनपाठन गर्ने तयारी गरेका…
Read More
विदेशबाट फर्केर गाउँमै उद्योग

विदेशबाट फर्केर गाउँमै उद्योग

२३ चैत,दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीका धनबहादुर धानुकले विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन गर्नुभएको छ । करिब एकदशक समय मलेसियामा सुरक्षागार्डको काम गरेर नेपाल फर्किएका उहाँले ‘बेदकोट बेसलरी’ नामक पिउने पानी उद्योग सञ्चालन गर्नुभएको हो । पानी उद्योगसँगै उहाँले सिरक डसना उद्योगसमेत सञ्चालन गर्नुभएको छ । “नौ वर्ष मलेसियामा सुरक्षागार्डका रुपमा काम गरे ।” उहाँले भन्नुभयो, “अर्काको देशमा १२÷१२ घण्टा काम गर्नुभन्दा आफ्नै देशमा १२ घण्टा काम गरे सफल भइन्छ भन्ने सोच आयो अनि घरमै उद्योग सञ्चालन गरेको हुँ ।” डेढ दशकअघि रोजगारी खोज्दै खाडी मुलुक पुगेका उहाँले अहिले उद्योगमा पाँच जनालाई रोजगारी दिनुभएको छ । उहाँले…
Read More
Page 308 of 452
1 … 306 307 308 309 310 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.