पोखराको पर्यटकीय सम्भावना अध्ययन गरिँदै
३० चैत,पोखरा । पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि बुधबार पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौँबीच समझदारी पत्रमा हस्ताक्षर भएको महानगरका वरिष्ठ प्रशासकीय अधिकृत किरणप्रसाद कोइरालाले जानकारी दिनुभयो । समझदारीपत्रमा महानगर प्रमुख धनराज आचार्य, कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ । जसमा पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन, लगानी, निर्माण, व्यवस्थापन एवं सञ्चालनका गतिविधि संयुक्त रूपमा अध्ययन गरिनेछ । स्थानीय तह अन्तर्गत रही आफ्नो अधिकार क्षेत्रभित्रको विषयगत कानुन बनाउने, बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने,…
