समाज

भूमिहीनलाई लालपुर्जा वितरण

भूमिहीनलाई लालपुर्जा वितरण

१५ असार,लुम्बिनी । रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ६, ७ र ८ का करिब पाँच सय ९४ जग्गाधनीलाई जोतभोगका आधारमा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहीबार जग्गाधनी पुर्जा वितरण गर्नुभयो । त्यस अवसरमा मन्त्री श्रेष्ठले सरकारले नापजाँच गर्न छुटेका गाउँ ब्लक तथा सुकुम्बासीका जग्गा नापजाँच गरेर वर्षौँदेखि जोतभोग गर्दै आएका स्थानीयलाई लालपुर्जा वितरणकार्य प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सामाजिक तथा आर्थिकरूपमा पिछडिएका भूमिहीन सुकुम्बासी र दलित, अव्यवस्थित वसोबास, सीमान्तकृत वर्ग र समुदायको भूमिमा अधिकार र पहुँच स्थापित गर्ने, महिलाको…
Read More
बीआरआई, बीआरआई, कि चिनियाँ भाइरस

बीआरआई, बीआरआई, कि चिनियाँ भाइरस

काठमाडाैं । चीनले पोखरा विमानस्थललाई बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआईअन्तर्गत भन्ने आफ्नो दाबी बारम्बार दोहो¥याउनु गलत कूटनीतिको द्योतक हो। नेपालले सन् २०१७ मे १२ मा काठमाडौंमा बीआरआई परियोजनामा हस्ताक्षर गरेको थियो भन्ने उसको दाबी सरासर झुटो हो। किनभने पोखरा विमानस्थल भने नेपालीले ४७ वर्षदेखि साँचेको सपना हो जुन यही अंग्रेजी नयाँ वर्षको पहिलो दिनबाट सञ्चालनमा आयो। अर्को महत्त्वपूर्ण कुरा के भने पोखरा विमानस्थलका लागि चीनसँग नेपालले ऋण लिएको हो, अनुदान होइन। त्यही ऋण सम्झौता पनि सन् २२ मे २०१४ मा भएको थियो। झनै बिर्सन नहुने तथ्य के हो भने बीआरआईका लागि भनेर अहिलेसम्म कुनै पनि परियोजना टुंगो लागेका छैनन्। स्वयं…
Read More
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसँग स्पष्टीकरण माग

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसँग स्पष्टीकरण माग

काठमाडौं । सरकारलाई चुनौती दिने गरी काम गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ। असार ११ को पर्यटनमन्त्री स्तरीय निर्णयअनुसार महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधिएको हो। मन्त्रालयले अधिकारीलाई सात दिनभित्र स्पष्ट जवाफसहित विवरण पेस गर्न निर्देशन दिएको हो। ‘तपाईंलाई नेपाल सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको र नेपाल सरकारका नीति, नियम, कार्यक्रम पालना गर्नु/गराउनु तपाईंको कर्तव्य र जिम्मेवारी हो। आर्थिक वर्ष २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं १०१ मा नेपाल नागरिक…
Read More
काठमाडाैंमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडाैंमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, सुन्ताखानबाट श्रोत नखुलेको नेपाली रुपैयाँसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने चिनयाँ नागरिक ४६ वर्षीय झु झियानछियान र ४५ वर्षीय झु जिनफांग रहेका छन्। नगद ६ लाख रुपैयाँ र दुई हजार चिनिया युआनसहित उनीहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानस्थित भाडामा बस्दै आएका चिनियाँ नागरिकहरूले गैह्र कानूनी क्रियाकलाप गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
Read More
चिनियाँ राजदूतसँग स्पष्टीकरण माग्न अभियानकाे आग्रह

चिनियाँ राजदूतसँग स्पष्टीकरण माग्न अभियानकाे आग्रह

काठमाडाैं । राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत चेंग सोंगसँग स्पष्टीकरण माग्न आग्रह गरेकाे छ । अभियानले परराष्टमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै चिनियाँ राजदूत सोंगसँग स्पष्टीकरण माग्न आग्रह गरेकाे हाे । ड्रागन बोट रेसमा सहभागी हुन नेपाल आएका चिनियाँ पाहुनालाई स्वागत गर्न पोखरा पुगेका नेपालका लागि चिनियाँ राजदूतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को हिस्सा भएको अभिव्यक्ति दिएपछि अभियानले स्पष्टीकरण माग्न आग्रह गरेकाे हाे । अभियानका अनुसार पोखरा विमानस्थलको विकासका लागि बीआरआई फ्रेमवर्क आउनुअघि नै सम्झौता भएको थियो । राजदूतको भनाइ र त्यसको दिर्धकालीन असरलाई लिएर नेपाली जनतामा चिन्ता र अन्योल बढेकाे भन्दै अभियानले परराष्टमन्त्री…
Read More
चिनियाँ ठेकेदारको लापरबाहीले बढ्याे दुर्घटनाको जोखिम

चिनियाँ ठेकेदारको लापरबाहीले बढ्याे दुर्घटनाको जोखिम

काठमाडाैं । चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानीपर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । योसँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द हुने स्थिति कायम रहेको छ । यस खण्डको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सनका कारण पानी पर्नासाथ राजमार्ग बन्द हुने अवस्था रहेको छ । कतिपय पुल निर्माणको क्रममा छन् । यसका कारण डाइभर्सनबाट सवारी पास गर्नुपर्ने अवस्था छ । डाइभर्सन निर्माण गरिएको स्थानमा रातोमाटो हुँदा पानी पर्न साथ बाटो चिप्लो भएर यातायात सञ्चालनमा कठिनाइ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताए ।…
Read More
नेपालका लागि चिनियाँ राजदूत सोङले झुठ बाेलेकाे पुष्टि

नेपालका लागि चिनियाँ राजदूत सोङले झुठ बाेलेकाे पुष्टि

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे बारेमा झुठ बाेलेकाे पुष्टि भएकाे छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआईअन्तर्गत नरहेको प्रस्ट पारेपछि चिनियाँ राजदूत सोङले झुठ बाेलेकाे पुष्टि भएकाे छ । उनले नेपाल र चीनबीच २०१६ मा मात्रै बिआरआई सम्झौता भएको स्पष्ट पारे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसअघि २०१२ मै निर्माणकार्य सुरु भएको उनको भनाइ छ। संसारलाई थाहा भएको कुरामा नअल्मलिन उनले सांसदहरूलाई आग्रह गरे। 'छ्यापछ्याप्ती छ त। फेरि संसदमा यही कुरा उठ्छ। बिआरआई सम्झौता त २०१६ मा भएको हो। पोखरा एयरपोर्ट २०१२ मा निर्माण सुरु भएको हो,' उनले प्रतिप्रश्न गरे,…
Read More
चीनले फेरि भन्यो : पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो

चीनले फेरि भन्यो : पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो

काठमाडौं । चीनले पोखरा विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत भएको दोहोर्‍याएको छ । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल चीनको महत्त्वाकांक्षी परियोजना बीआरआई परियोजनाअन्तर्गत भएको बताएका हुन् । यसअघि गत पुसमा विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत वाङ सिनले ‘बीआरआई’ का लागि पोखरा विमानस्थल उज्ज्वल कार्य बनेको’ बताएका थिए । जबकि नेपाली पक्षले बीआरआईअन्तर्गत कुनै पनि परियोजनामा सम्झौता नभएको दाबी गर्दै आएको छ । उद्घाटनको अघिल्लो दिन काठमाडौंस्थित चिनियाँ दूतावासले पनि वक्तव्य जारी गर्दै पोखरा विमानस्थल बीआरआईअन्तर्गत रहेको दाबी गरेको थियो ।…
Read More
राष्ट्रपति पौडेल भन्छन् – योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय हो

राष्ट्रपति पौडेल भन्छन् – योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय हो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय भएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, “नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग गाँसिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा अहिले सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी नेपालीका लागि खुसीको विषय हो ।” हाम्रा योग गुरुहरू र अध्येताहरूका अनुसार मात्र नभएर ऐतिहासिक तथा पुरातात्त्विक तथ्यहरूले नेपाल योग भूमि भएको प्रमाणित गर्ने सन्देशमा उल्लेख छ । उनको सन्देशमा भनिएको छ, ‘योगले स्वस्थकर जीवनयापनका लागि हरेक व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन…
Read More
अन्तर्राष्ट्रिय योग दिवस आज, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै

अन्तर्राष्ट्रिय योग दिवस आज, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए…
Read More
Page 202 of 452
1 … 200 201 202 203 204 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.