चिनियाँ राजदूतसँग स्पष्टीकरण माग्न अभियानकाे आग्रह

Share Icon

काठमाडाैं । राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत चेंग सोंगसँग स्पष्टीकरण माग्न आग्रह गरेकाे छ । अभियानले परराष्टमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै चिनियाँ राजदूत सोंगसँग स्पष्टीकरण माग्न आग्रह गरेकाे हाे ।

ड्रागन बोट रेसमा सहभागी हुन नेपाल आएका चिनियाँ पाहुनालाई स्वागत गर्न पोखरा पुगेका नेपालका लागि चिनियाँ राजदूतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को हिस्सा भएको अभिव्यक्ति दिएपछि अभियानले स्पष्टीकरण माग्न आग्रह गरेकाे हाे ।

अभियानका अनुसार पोखरा विमानस्थलको विकासका लागि बीआरआई फ्रेमवर्क आउनुअघि नै सम्झौता भएको थियो । राजदूतको भनाइ र त्यसको दिर्धकालीन असरलाई लिएर नेपाली जनतामा चिन्ता र अन्योल बढेकाे भन्दै अभियानले परराष्टमन्त्री साउदलाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे ।

ध्यानाकर्षण पत्र भनिएकाे छ,’कुन आधारमा राजदूतले यस्तो दाबी गरे र यो नेपाल सरकारको आधिकारिक अडानसँग मेल खान्छ कि खादैन भन्ने यकिन गर्न आवश्यक छ । यस विषयमा सोधिएको स्पष्टीकरणले मात्र सबै खाले भम्रलाई चिर्न र हाम्रा दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धमा पारदर्शिता सुनिश्चित गर्न मद्दत गर्नेछ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.