कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे
२४ असार,टीकापुर । कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिका बाढीको पूर्वतयारीमा जुटेका छन् । मनसुन भित्रिएसँगै बाढीजन्य विपद्को जोखिम बढ्नसक्ने भन्दै स्थानीय पालिका पूर्वतयारीमा जुटेका हुन् । कैलाली जिल्ला बाढीजन्य विपद्को जोखिममा रहेको जिल्ला हो । यहाँका जोखिममा रहेका पालिका टीकापुर, भजनी, जानकीलगायतका पालिका हरेक वर्ष आउने बाढीका कारण प्रभावित हुन्छन् । बाढीका कारण यहाँ हरेक वर्ष धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षा सुरु भएपछि प्रभावित क्षेत्रमा त्रास सुरु भएको छ । पालिकाहरूले बाढीजन्य विपद्को पूर्वतयारी तथा पूर्वकार्यका काम भइरहेका जनाएका छन् । यस वर्षको मनसुन भित्रिएसँगै टीकापुरले पूर्वतयारीका लागि सामान तयारी अवस्थामा राखेको छ ।…
