समाज

काठमाडौं–रक्सौल रेलमार्गको ‘लोकेसन सर्भे’ प्रतिवेदनमा भारतले माग्यो सुझाव

काठमाडौं–रक्सौल रेलमार्गको ‘लोकेसन सर्भे’ प्रतिवेदनमा भारतले माग्यो सुझाव

काठमाडाैं । भारतले काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदनको मस्यौदा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । गत १७–२० जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नै हस्तान्तरण हुने भनिएको यो प्रतिवेदनको मस्यौदा नेपालको रायका लागि भन्दै हस्तान्तरण गरेको हो । प्रतिवेदन तयार भए पनि त्यसलाई अन्तिम रुप दिनुअघि भारतले नेपालको राय मागेको हो । अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागले यो प्रतिवेदन अध्ययन गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीका अनुसार प्रतिवेदन अध्ययनपछि विभिन्न विषयमा नेपालले आफ्ना राय र प्रतिक्रियाहरु दिने छ । त्यसका आधारमा प्रतिवेदनले अन्तिम रुप पाउनेछ । र, नेपाललाई…
Read More
नेपाल–भारतबीच पञ्चेश्वरको डिपिआर बनाउन सहमति

नेपाल–भारतबीच पञ्चेश्वरको डिपिआर बनाउन सहमति

पोखरा । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनाभित्र सक्ने सहमति भएको छ । नेपाल–भारतबीच (गभर्निङ बडी) को पोखरामा भएको आठौँ संयुक्त बैठकले तीन महिना भित्रै डीपीआर बनाउने सहमति भएको हो । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जनशक्ति मन्त्रालयका सचिव पङ्कज कुमारले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालसालै भएको भारत भ्रमणको अवसरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र विस्तृत आयोजना प्रतिवेदनलाई टुङ्गो लगाउने दुई देशका प्रधानमन्त्रीहरुबीच भएको सहमतिलाई यथाशीघ्र कार्यान्वयन गरिन लागेको छ । सहमति अनुसार पञ्चेश्वर विकास प्राधिकरणका दुवै देशका कार्यकारी समितिका सदस्यहरुलाई प्राधिकरणको प्रमुख कार्यालय, महेन्द्रनगरमा एक…
Read More
जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद

जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद

२४ असार,दमौली । तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो । यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । अदालतले कुँवरलाई रु छ लाख जरिवाना र रु १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको छ । निज अभियुक्तविरुद्ध विसं २०७८ असार ८ गते परिवर्तित नाम २०७७÷७८ ट कुमारी वादीद्वारा तनहुँ जिल्ला अदालतमा जबरर्जस्ती करणी मुद्दा दर्ता भएको थियो । चौँध वर्षीया बालिकालाई विसं…
Read More
लुटपाटमा संलग्न पाँच जना पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

२४ असार,काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गरी पक्राउ गरिएका पाँच जनलाई सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा रामेछाप लिखु गाउँपालिका–१ का ३२ वर्षीय रवीन दमाईं, सुनसरी धरान उपमहानगरपालिका–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे पाँचखाल नगरपालिका–७ का उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका–७ बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बङ्गाल, पश्चिम मेदनीपुर जिल्ला दासपुर थाना जयरामचोक बस्ने ४२ वर्षीय श्रीकान्त माइती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार…
Read More
पदयात्रा पर्यटनसँग जोडिदै कफुचे हिमताल

पदयात्रा पर्यटनसँग जोडिदै कफुचे हिमताल

२४ असार,गण्डकी । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको प्राथमिकतामा यहाँको पदमार्गले स्थान पाउन थालेको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको यो ताललाई नेपालको सबैभन्दा कम उचाइमा रहेको हिमतालका रुपमा समेत लिने गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला समयमा पर्यटकको रोजाइमा पर्न थालेसँगै स्थानीय तहले पनि यसको प्रवद्र्धन र विकासलाई प्राथमिकतामा राखेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङग गुरुङले बताउनुभयो । “कफुचे हिमताल मादी…
Read More
२४ कम्पनीलाई सोधियो स्पष्टीकरण

२४ कम्पनीलाई सोधियो स्पष्टीकरण

२४ असार,काठमाडौँ  । सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो । यसअघि ३० दिने स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नआएपछि कार्यालयले ती कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण पेस गर्न भनिएका कम्पनीमा सिरुवा कन्ट्रक्सन तीनकुने, खहरेखोला इन्टरप्राईजेज गोठाटार, पुतलीकाठ निर्माण सेवा प्रालि दोलखा, लामाबुद्ध निर्माण तथा समग्री सप्लायर्स हरहरमहादेव कागेश्वरी, एक्सन बिल्डर्स प्रालि तनहुँ, नुरी कन्ट्रक्सन प्रालि बर्दिया, शिवालय बिल्डर्स हेटौँडा, अन्तरता इन्टरनेस्लन कोटेश्वर,आरडि सप्लायर्स पुतली सडक छन् । यसैगरी नागारर्जुन शङ्करमाली जेभी…
Read More
तिल्चेको बस्ती अझै जोखिममा

तिल्चेको बस्ती अझै जोखिममा

२४ असार,मनाङ । हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा भएको भारी वर्षा इतिहासमै पहिलो घटना बनेको छ । त्यसयता भएको वर्षात् मनाङवासीका लागि अविस्मरणीय छ । वर्षात्का कारण विभिन्न क्षेत्रमा ठूलो बाढीपहिरा जान गएकाले मनाङमा क्षति पुग्यो । वर्षातपछि मस्र्याङ्दी नदीसँगै यहाँका खोला, खोल्सीमा आएको बाढीले पनि धेरै क्षति पु¥यायो । दूधखोलामा आएको बाढीले नासोँ गाउँपालिका–६ र ७ स्थित तिल्चे गाउँको बस्ती जोखिममा प¥यो । दुई वर्ष पूरा भइसक्दा पनि यहाँको बस्ती अझै जोखिममा नै रहेको छ । अझ वर्षायाम सुरुआत भएपछि पानी पर्दा यहाँको बस्ती अझै जोखिममा पुग्ने स्थानीयवासीको गुनासो छ । बस्ती संरक्षणका लागि तटबन्ध निर्माण…
Read More
बूढीगण्डकी अगाडि बढाउने तयारी, प्राधिकरणको उच्च नेतृत्व आयोजनास्थलमा

बूढीगण्डकी अगाडि बढाउने तयारी, प्राधिकरणको उच्च नेतृत्व आयोजनास्थलमा

२४ असार,काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनबमोजिम प्राधिकरणको उच्च नेतृत्वले शनिबार आयोजनाको निर्माण प्रक्रिया सुरु गर्न प्रस्तावित निर्माण स्थल र जलाशय क्षेत्रको स्थलगत निरीक्षण गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके र आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइ संयोजक जगतकुमार श्रेष्ठ सम्मिलित टोलीले बाँध तथा विद्युत्गृह निर्माणस्थल र डुबान क्षेत्रको स्थलगत निरीक्षण भ्रमण गरेको हो । टोलीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको सिद्धलेक गाउँपालिको सिमानामा पर्ने प्रस्ताव गरिएको…
Read More
विकासले फेरियो कुस्मिसेराको मुहार

विकासले फेरियो कुस्मिसेराको मुहार

२४ असार,गलकोट । तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो । सडकमा नाली नहुँदा सिचाँइका लागिसमेत बजारको बीच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई गिज्याउँथ्यो । यस क्षेत्रमा उर्भर खेतीयोग्य जमिन भए पनि सङ्घीयता आएसँगै जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा भइसकेपछि अहिले यहाँ तीव्र सहरीकरण भइरहेको छ । ‘अन्नको भण्डार’का रुपमा रहेको उक्त खेतको फाँटमा पक्की भवन धमाधम निर्माण भए पनि बजारको सडक भने सुधार हुन सकेको थिएन । बर्खामा बजारभित्रकै सडक हिलाम्मे र हिउँदामा धुलाम्मे हुने अवस्थाको यही वर्षदेखि अन्त्य भएको छ । यही वर्ष बजार क्षेत्रको सबै सडक कालोपत्र र ढलान सम्पन्न…
Read More
आलेख–खण्डहर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

आलेख–खण्डहर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

–हेमन्त जोशी २४ असार,सिन्धुपाल्चोक । जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड... कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र चीन जोड्ने उत्तरी नाकास्थित तातोपानी बजार । विसं २०७२ वैशाखको भूकम्प अघिसम्म गुल्जार रहने तातोपानी क्षेत्र अब बजारको स्वरुपमा छैन । दुई देश जोड्ने मितेरी पुल काँडेतारले छेकिएको छ । चहलपहल शून्य जस्तै छ । कुनै समय निकै व्यस्त रहने यो नाकामा रहेका अध्यागमन कार्यालय, बैंक, उद्योग वाणिज्य सङ्घलगायत प्रशासनिक तथा संस्थाका झुत्रा साइनबोर्ड देखिने घर खाली अवस्थामा छन् । दैनिक केही थान कन्टेनर नेपाल…
Read More
Page 189 of 452
1 … 187 188 189 190 191 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.