अनस्क्रिन छोरीको निधनले भावुक बने आमिर खान
नयाँ दिल्ली । आमिर खानको करियरको सबैभन्दा ठुलो ब्लकबस्टर फिल्म हो ‘दंगल’ । यो फिल्मलाई सायद कमैले बिर्सिएलान् । सोही चलचित्रमा उनकी कान्छी छोरी बबिता फोगाटको भूमिका निर्वाह गरेकी अभिनेत्री सुहानी भटनागरको निधन भएको छ । आइतबार १९ वर्षको कलिलो उमेरमा सुहानी यो संसारबाट बिदा भइन् । उनको मृत्युको खबर सुनेर सबै स्तब्ध भएका छन् । आमिर खानको टोलीले पनि सुहानीको निधनमा शोक व्यक्त गरेको छ । सुहानीले बबिता फोगटको भूमिका खेलेर फ्यानहरूको मनमा आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् । अचानक उनको मृत्युको खबरले सबै स्तब्ध भएका छन् । यो खबरलाई धेरैले पत्याउनै सकेका छैनन् । यो पनि ‘दंगल’ की…
