२५ फागुन,काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसक्नुभएको छ ।
अहिले बिहान १०बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।
Facebook Comments Box
Related posts:

चिनियाँ राजदूतको अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय समितिले बोलायो परराष्ट्रमन्त्री साउदलाई

राष्ट्रपति पौडेलको प्रतिनिधिसभा सदस्यबाट राजिनामा

प्रधानमन्त्री दाहाले राष्ट्रपति पाैडेललाई भेटे

सधैँ राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँ : सभापति देउवा

