Share Icon

१५ फागुन,गोलबजार । लहान नगरपालिकाले दलित बस्तीमा स्वच्छ खोनपानी उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ ।

गैरसरकारी संस्था ‘वाटर एड’सँगको सहकार्यमा लहान नगरपालिका र दलित जनकल्याण युवा क्लबद्वारा संयुक्त रुपमा सञ्चालित योजना मार्फत खानेपानीको धारा वितरण थालिएको हो ।

सो योजनाले चालु आर्थिक वर्षमा ती बस्तीका तीन सय ४० घरपरिवारलाई खानेपानीका लागि सहयोग गर्ने जनाएको छ । नगरपालिकाले दुई सय ६९ लालपुर्जाविहीन घरपरिवारलाई रु तीन हजार सात सय बीस धारा जडानका लागि खानेपानी कार्यालयमा राख्नुपर्ने धरौटीका लागि रकम उपलब्ध गराउँदै आएको छ ।

‘विकन’ योजनाले रु तीन हजार दुई सय बीस धारा जडानका लागि सामग्री सहयोग गरिरहेको छ । यसैगरी खानेपानी संस्थान लहान र दलित जनकल्याण युवा क्लबद्वारा एक सय घरधुरीमा स्वच्छ खोनपानी उपलब्ध गराउन धारा जडान गरिएको छ ।

नगरपालिकाले नगरवासीलाई स्वच्छ खोनपानी आपूर्तिमा समस्या हुन नदिन संस्थानसँगको सहकार्यमा प्रदिप गरी आश्रम, लहान नगरपालिकाको कार्यालय अगाडि, जेएस क्याम्पस र झण्डापार्कमा नयाँ ‘बोरिङ’ जडानलाई तीब्रता दिएको छ ।

यसका लागि नगरपालिकाले रु ४२ लाखका दरले रकम निकासा गरेको जनाइएको छ । नगरवासीलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउन उच्च प्राथमिकता दिएको नगरप्रमुख महेश चौधरीले बताउनुभयो ।

उहाँले सबै वडामा खानेपानीको लागि धारा पु¥याउने काम जारी रहेको जानकारी दिनुभयो । पछिल्लो समय लहान–२ बुधटोल, ३ साफी टोल, ५ शान्ति टोल, ७ राजदेवी टोल, ८ तीन घरिया, १० गुदिगाउँ, १४ धनछवारका दलितबस्तीले स्वच्छ खोनपानी उपभोग गर्न पाएका छन् ।

लहान–२ बुधटोलका गुदर विश्वकर्माले चापकलको पानीभन्दा खनेपनी संस्थाले वितरण गरेको पानी स्वच्छ भएको बताउनुभयो ।

लहान–५ का लिलम देवीराम घरमा धारा आएपछि बाहिर खुला ठाउंँमा नुहाउनुपर्ने बाध्यताबाट मुक्त भएको बताउनुभयो । लहान–१० गुदिगाउँ का भद्रकुमारी मुगरातीले घरमा पानीको धारा आएपछि खुसीको सीमा नरहेको प्रतिक्रिया दिनुभयोे ।

लहान –१७ का सामुदायिक विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा जनचेतना मूलक काम जारी रहेको क्लबका कार्यकारी निर्देशक विनोद विष्णुकेले जानकारी दिनुभयो । सो योजनाले सामुदायिक विद्यालयमा बालमैत्री तथा अपाङ्गमैत्री चर्पी निर्माणमा समेत सहयोग गरेको जनाइएको छ ।

Facebook Comments Box

Share Icon