Share Icon

 २६ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष तुल बहादुर गुरुङले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष  गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा वृद्ध वृद्धालाई दिइएने सामाजिक सुरक्षा भत्तालाई टोल टोलमा गएर वितरण गर्ने काम सम्पन्न गरेका छौ । खानेपानीको क्षेत्रमा मर्मत सम्भार गर्ने योजनामा रहेको छ । ”

शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयमा शिक्षकलाई तलब बापत वडाबाट बजेट विनियोजन गरेको र विकास निमार्णका कामहरुमा पनि तेतिकै जोड दिएको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

यो वडामा कृषि पेशा गर्ने मानिसहरु धेरै रहेको उत्पादित कृषि जन्य वस्तुहरुलाई बजार सम्म सहजै लैजानका लागि सडकलाई पहिलो प्राथमिकता दिदै बाटोको स्तरउन्नति गर्दै ढलान तथा ग्राभेल गर्ने योजनाका साथ काम गरिरहेका छौ ।

स्वास्थ्यको क्षेत्रमा सुत्केरी महिलाहरु विशेष जोड दिदै निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको र स्वयमसेवकहरुलाई प्रोत्साहन बापत भत्ताको व्यवस्था गरेका छौ ।

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छौ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon