भ्रष्टाचार गर्ने र जनताको पैसा लुटने कार्यमा सबै पुराना दल एकमत हुन्छन् – सीके राउत

Share Icon

काठमाडाैं । डा. सीके राउत राष्ट्रिय अध्यक्ष रहेको जनमत पार्टीले सर्लाही जिल्लाको बलरा नगरपालिका स्थित छतौनामा “बृहत् पार्टी प्रवेश तथा विशाल आम सभा कार्यक्रम” भव्यताका साथ सम्पन्न गरको छ ।

सर्लाही जिल्लाको प्रभावशाली नेता हरिनारायण यादव,राकेश कुमार मिश्रा लगायत ३५१ भन्दा बढी नेताकार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत ज्यूले अबिर-टिका माला लगाई प्रवेश गराउनु भयो ।

प्रमुख दल तथा जसपा का शिर्ष नेताहरुले भ्रष्टाचार गर्न र जनताको पैसा लुटने कार्यमा एकमत हुने गर्छन् । साथै दलिय भागबन्डा र मन्त्री पदको भागबन्डाको लागि मात्रै सहकार्य-सहमति गर्ने गरेका छन । देशको आर्थिक अवस्था तहस-नहस भएको, गरिबी बढदै गएको, शिक्षा-स्वास्थ्य-रोजगारीको क्षेत्रमा विकाराल समस्या रहेको विषयमा कहिल्यै पनि चर्चा, सहकार्य सहमति हुने गरेको छैन । उक्त कार्यक्रम लाई सम्बोधन गर्दै डा. राउतले पुरानो पार्टीका शिर्ष नेतहरु तथा पार्टीको चरित्रको बारेमा भण्डाफोर गर्नु भयो ।

मधेस प्रदेशमा जनमत पार्टीबाट मन्त्री बनेकाहरु जनताको पक्षमा द्रुत गतिमा काम गरिरहेका छन । जनमत पार्टीका मन्त्रीहरुको काम देखेर विपक्षी पार्टीका नेताहरुलाई पचेको छैन । जनमत पार्टीका मन्त्रीहरुलाई काम गर्न नदिने मनसायले जसपाका मुख्य मन्त्रीले अवरोध गर्न खोजेको छ ।

जनमत पार्टीले जनताको हकहितमा काम गरेपछि सीके राउतले मधेसमा ठुलो नाम कमाउनेछ भने संकिर्ण सोचबाट मुक्त हुन आग्रह समेत गर्नुभयो । जनमत पार्टी जनताको हकहितमा काम गर्न आएको छ र काम गर्नेछन् । जनमत पार्टी मधेस र देशको अन्तिम आशाको केन्द्र बिन्दु बनेको छ ।

जनमत पार्टी भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने पहिलो पार्टी रहेकोले भ्रष्टाचारको विरुधमा खबरदारी गर्दै भ्रष्टाचारीहरुलाई करवाही गराउन आन्दोलन समेत गर्नेछन् । त्यसैले जनमत पार्टीमा प्रवेश गर्न ढिलो नगर्नुहोस् अन्तमा थप्नुभयो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.