वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौं: अध्यक्ष नगरकाटी
३ माघ, काठमाडाैं । कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ४ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौ ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष नगरकाटीले बताउनुभयो ।जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको बताउनुभयो ।
वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि,कृषि, बिजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ ।दलित विपन्नलाई खाद्यान्न स्वरुप राहात वितरण गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । त्यस्तै बाटो सडकको ढलानको काम र ग्राभेलको काम सम्पन्न भएको छ ।
वडाको भवनमा तला थप्ने काम पनि सम्पन्न भएको छ । खानेपानिको टयांकीको निमार्ण गरेर घरघरमा धारा पुराउने लक्ष्य रहेको छ । स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य ल्याबको व्यवस्था गर्ने र स्वास्थ्य सामाग्री ल्याउने काम प्रोशेसमा रहेको छ । सडक बत्ति तथा पोलव्यवस्थापनको काम भईरहेको छ ।
त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन् , उक्त काम सम्पन्न गर्नको लागि हामी निरन्तर लागि परिहेका छौ । वडाको चौतर्फी विकासको लागि सदैब लागि परिरहेका छौ ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन ।
जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु । अन्त्यमा वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







