चीनका कारण नागरिकलाई क्षति भए युद्धकै शैलीमा प्रतिकार गर्ने फिलिपिन्सका राष्ट्रपतिको मार्कोसको चेतावनी

Share Icon

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनलाई दक्षिण चीन सागरमा रातो रेखा पार नगर्न चेतावनी दिएका छन्।

दक्षिण चीन सागर क्षेत्रमा चीन र फिलिपिन्सबीच द्वन्द्व बढ्दै गएको बेला राष्ट्रपति मार्कोस जुनियरले शुक्रबार यस्तो चेतावनी दिएका हुन्।

उनले भने, ‘यदि कुनै चिनियाँ कार्यले एक फिलिपिन्स नागरिकको पनि मृत्यु हुन्छ भने, फिलिपिन्सले युद्धको कार्य मानेर सोही अनुसार प्रतिक्रिया दिनेछ।’

सिङ्गापुरमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिन सहित विश्वका धेरै देशका रक्षा मन्त्रीहरूको सहभागिता रहेको एक सुरक्षा मञ्चमा बोल्दै राष्ट्रपति मार्कोस जुनियरले यस्तो बताएका हुन्।

अमेरिकी रक्षामन्त्रीले यो क्षेत्र अमेरिकाका लागि महत्वपूर्ण रहेको र एसिया सुरक्षित भए मात्रै अमेरिका पनि सुरक्षित हुने बताए।

हालैका महिनाहरूमा, दक्षिण चीन सागरमा दाबीलाई लिएर चीन र फिलिपिन्सबीचको तनाव बढ्दै गएको छ। उनीहरूबीच धेरै विषय टकरावको विन्दुमा समेत पुगिसकेको छ।

चिनियाँ जहाजहरूले आफ्नो गस्ती डुङ्गालाई पानीको तोपले आक्रमण गरेको फिलिपिन्सको आरोप छ। यसमा चीनले भने आफ्नो सार्वभौमसत्ताको रक्षा गरिरहेको तर्क गरेको छ।

विश्लेषकहरूले दक्षिण चीन सागरमा दुई देशबीचको कुनै पनि झडप ठूलो द्वन्द्वमा परिणत हुन सक्ने प्रक्षेपण गरेका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.