रूसी सेनामा गएका नेपालीले उद्धारका लागि गुहारे भारत सरकार, भने – नेपालबाट केही हुन सकेन (भिडियो)

Share Icon

काठमाडौं । रूसी सेनामा भर्ती भएका नेपाली युवाहरूले नेपाल सरकारको सहयोग नपाएको भन्दै त्यहाँबाट निकालिदिन भारत सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनीहरूले आफूलाई त्यहाँबाट निकालिदिन भारत सरकारसँग आग्रह गरेका हुन् ।

‘अहिले हामी रसियन सेनामा छौँ । हामी नेपालबाट आएका थियौं । एजेन्टले हामीसँग झुट बोलेर यहाँ ल्यायो । रसियन सेनामा जाने र त्यहाँ सहयोगीको रूपमा काम गर्नुपर्ने भनिएको थियो’ उनीहरूले भिडियोमा हिन्दि भाषामा भनेका छन् ‘तर, यहाँ आएपछि हामीलाई युद्धमा जान परिरहेको छ । यहाँ आएपछि हामीलाई धेरै समस्या भएको छ ।’

‘यसकारण यहाँबाट हामी यहाँबाट निस्कन चाहन्छौं। हाम्रो साथमा तीन जना भारतका साथीहरू थिए । उनीहरूलाई भारतको सरकारले फिर्ता गर्‍यो तर नेपाली राजदूतावासले हामीलाई कुनै पनि सहयोग गरिरहेको छैन । नेपालबाट कुनैपनि प्रक्रिया अगाडि बढिरहेको छैन्’ भिडियोमा भनेका छन् ।

‘हाम्रो नेपालबाट केही पनि भइरहेको छैन। यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं’ उनीहरूले भनेका छन् ‘नेपाल र भारतबीच राम्रो सम्बन्ध छ । भारत र भारतीय दूतावास शक्तिशाली छ। यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.