चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउने युरोपेली संघकाे तयारी

Share Icon

काठमाडाैं । युरोपेली संघले चिनियाँ लगायत अन्य धेरै राष्ट्रका कम्पनीमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । युरोपेली संघले यी कम्पनीहरूले युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको आरोप लगाएको छ ।

युरोपेली युनियनले यी कम्पनीमाथि प्रतिबन्ध लगाउने प्रस्ताव राखेको छ र यो प्रस्ताव सबै सदस्य राष्ट्रले पारित गरेमा युरोपेली संघले चिनियाँ कम्पनीमाथि प्रत्यक्ष प्रतिबन्ध लगाएकाे याे पहिलो घटना हुनेछ ।

प्रतिबन्धित कम्पनीहरूले युरोपेली कम्पनीहरूसँग व्यापार गर्न नपाउने
संचारमाध्यमका अनुसार युरोपेली संघले प्रतिबन्ध लगाउनेमा हङकङ, सर्बिया, भारत, टर्की र चीनका कम्पनीहरु परेका छन् । तर कानुनी प्रावधानका कारण कम्पनीको नाम भने हालसम्म खुलाइएको छैन ।

यस प्रतिबन्धको अर्थ अब यी कम्पनीहरूले भविष्यमा युरोपेली कम्पनीहरूसँग कुनै व्यापार गर्न पाउने छैनन् । रूसले यी तेस्रो पक्षका कम्पनीहरूको सहयोगमा प्रतिबन्धित सामानहरू खरिद गरिरहेको युरोपेली संघले आरोप लगाएको छ । याे प्रतिबन्धका कारण प्रत्यक्ष रूपमा प्राप्त गर्न नसक्ने सामान रूसले यसरी खरिद गरिरहेकाे बताइएकाे छ ।

चिनियाँ कम्पनीहरूलाई प्रतिबन्ध लगाउन हिचकिचाउदै युरोपेली संघ
युक्रेन विरुद्धको युद्धमा रुसलाई सहयोग गरेको आरोपमा युरोपेली संघले यसअघि धेरै चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने प्रस्ताव राखेको थियो तर अन्य सदस्य राष्ट्रहरूको विरोधपछि त्यो प्रस्ताव अस्वीकार गरिएको थियो। साेही क्रममा चीनले पनि रुसलाई सहयोग नगर्ने वाचा गरेको थियो ।

चीन, धेरै युरोपेली राष्ट्रहरूको महत्वपूर्ण व्यापारिक साझेदार हो।यसैगरी, चीन युरोपेली संघको प्रमुख राष्ट्र जर्मनीका कारहरूका लागि सबैभन्दा ठूलो बजार हो। यही कारणले गर्दा युरोपेली संघका धेरै देश चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउन हिचकिचाइरहेका छन्।

प्रतिबन्ध लगाइएका अधिकांश कम्पनीहरू प्रविधि र इलेक्ट्रोनिक्स कम्पनी हुन्। कम्पनीहरूमाथि रूसलाई सैन्य र प्राविधिक रूपमा बलियो बन्न र रूसको रक्षा तथा सुरक्षा क्षेत्रको विकासमा योगदान पुर्‍याएको आरोप लगाइएको छ।

गत वर्ष अप्रिलमा युरोपेली संघका अध्यक्ष उर्सुला भोन डर लेनले बेइजिङको भ्रमण गरेकी थिइन् र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा रुस–युक्रेन युद्धको बारेमा आफ्नो चिन्ता व्यक्त गरेकी थिइन् ।

युरोपेली संघले प्रतिबन्ध लगाउने कम्पनीमा तीन चिनियाँ कम्पनी, एक भारतीय, एक श्रीलंकाली, सर्बिया, कजाकिस्तान, थाइल्यान्ड, टर्की र हङकङका कम्पनी छन् । एजेन्सी

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.