रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक मधेस प्रदेशमा बस्ने

Share Icon

१५ कात्तिक, काठमाडाैँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्दै छ।

कात्तिक २२ र २३ गते मधेस प्रदेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक राखिएको रास्वपाका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए।

‘स्थानचाहिँ तय हुन बाँकी छ। केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न लागेका हौं,’ उपसभापति अर्यालले सेतोपाटीसँग भने।

उनका अनुसार संयुक्त बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि छलफल हुने छ। ‘कार्यसूची तयार पार्ने क्रममा छौं। खास गरी पार्टी दस्तावेज लगायतका विषयमा छलफल हुने छ,’ उनले भने।

रास्वपाले पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि विचार विमर्श चलाइरहेको छ। यसअघि रास्वपाका केन्द्रीय नेता, सांसदहरू जनताको आवाज सुन्न र दस्तावेजमा ती भावना समेट्न गाउँ गएका थिए। पार्टी सभापति रवि लामिछाने रोल्पा पुगेका थिए।

त्यसपछि प्रबुद्ध व्यक्तित्वसँग नीति मन्थन गरेको रास्वपाले मधेस प्रदेशमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न लागेको हो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.