Share Icon

८ कार्तिक, काठमाडौं। नेपाल विश्व मानचित्रमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित शान्ति क्षेत्रको रुपमा चर्चित मुलुक हो ।

प्राकृतिक सम्पदाको रुपमा रहेको जलश्रोतमा विश्वकै ब्राजिल पछाडीको दोस्रो धनी राष्ट्रका रुपमा सुपरिचित छ । गौतम बुद्ध, अरनिको, सीता आदि विभूतिहरुले जन्म लिएको पवित्र पावन भूमि, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा रुपान्तरित कृषि प्रधान देश हो ।

नेपालको बदलिंदो राजनैतिक परिवर्तन पश्चात संघीय मुलुकमा रुपान्तरित भई बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्ला उत्तरतर्फ पर्ने चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम काउण्टि अन्तर्गत खासा नजिक रहेको पर्यटन तथा धार्मिक, साँस्कृतिक दृष्टिकोणले पवित्र पावन भूमिको रुपमा यस क्षेत्र रहेको छ । सिन्धुपाल्चोक जिल्लाका ९ वटा गाउँपालिका र ३ वटा नगरपालिका मध्यको भोटेकोशी गाउँपालिका एक हो ।

भोटेकोशी बागमती प्रदेश नेपालको उत्तरी क्षेत्रको सिन्धुपाल्चोक जिल्लाको हिमाली गाउँपालिका अन्तर्गत पर्दछ । शिल्पकार अरनिको ई.सं. १२६० मा तिब्बतको ल्हासा चीनको राजधानी बेइजिङ जाँदा यही बाटो भएर गएकाले काठमाडाैंदेखि कोदारी सम्मको मोटरबाटोलाई निजकै सम्मानमा अरनिको राजमार्ग राखिएको हो । अंशुबर्माको छोरी भृकुटी तिब्बत जाँदा यही बाटो भएर गएकी थिइन् । कैलाश मानसरोवर जाने पर्यटकहरु यही बाटो भएर जाने गर्दछन् । भोटेकोशी गाउँपालिका समुद्र सतह देखि १५ सय मिटर उचाईमा पर्दछ ।

गाउँपालिकाको कुल क्षेत्रफल २७८.३१ वर्ग किलाेमिटर रहेको छ । यसको पूर्वमा दोलखा, गौरीशंकर गाउँपालिका र चीन पर्दछ । पश्चिममा बाह्रबिसे नगरपालिका र जुगल गा.पा., उत्तरमा चीन, दक्षिणमा बाह्रबिसे नगरपालिका पर्दछ । भोटेकोशी गाउँपालिका साविकको गा.वि.स. लिस्तीकोट, तातोपानी, फुल्पिङकट्टी र मार्मिङ मिलाएर हाल ५ वडामा विभाजित छ । यस भोटेकोशी गाउँपालिकामा करिब ४ हजार ४ सय २९ घरधुरीमा कुल जनसंख्या १७ हजार १ सय ५६ रहेको छ ।

भाेटेकाेशी गाउँपालिका-३ का वडा अध्यक्ष निमा साेना शेर्पाले खानेपानीकाे एक घर एक धाराकाे अभियान यसै वर्षभित्र सम्पन्न हुने बताउनुभएकाेलछ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उपभाेक्ता समितिकाे गठन गर्ने क्रममा रहेकाे पनि उहाँले बताउनुभयाे ।

साथै सडक मर्मत सम्भारकाे काम भइरहेकाे पनि उहाँले बताउनुभएकाे छ। सडकमा बाह्रै महिना सवारी साधन संचालन भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । २ वटा कच्ची सडक स्तरउन्नति गर्नका लागि २ कराेड ५० लाख बजेट विनियाेजन गरिएकाे र दशैं-तिहारपछि काम सुरू हुने  उहाँकाे भनाइ छ।

सामुदायिक विद्यालय सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे। वडामा ३ वटा आधारभूत विद्यालय रहेकाे बताउँदै उहाँले शिक्षक दरबन्दीकाे अभाव रहेकाे बताउनुभएकाे हाे । विद्यार्थीकाे संख्या न्यून रहेकाे बताउँदै वडा भरी गरेर कुल १ सय ३० जना मात्र विद्यार्थी रहेकाे उहाँकाे भनाइ छ। 

वडामा हाल स्वास्थ्य प्राथमिक चाैकीबाट बिरामीकाे उपचार भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । स्वास्थ्य भाेटेकाेशी आधारभूत अस्पताल बनाउनका लागि डीपीआर तयार भएकाे उहाँले बताउनुभयाे । युवा लक्षित कार्यक्रमहरू पनि संचालन भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।

साेही कार्यक्रम अन्तर्गत १ सय ५० जना मजदुर व्यापारमा केन्द्रित भएकाे पनि उहाँकाे भनाइ छ। साथै वडामा दक्ष जनशक्तिकाे अभाव रहेकाे उहाँकाे भनाइ छ। घरेलु तथा साना उद्याेग संचालन गर्नका लागि पालिका मार्फत ४० लाख बजेट विनियाेजन गरिएकाे पनि उहाँले जानकारी गराउनुभयाे । 

पर्यटन क्षेत्रलाई अघि बढाउने याेजना रहेकाे पनि उहाँले बताउनुभयाे। यसै वडामा रहेका दुगुनागढी, भैरवकुण्डताल, गुम्बा र मठ-मन्दिरहरूकाे संरक्षण र व्यवस्थापन गर्दै पर्यटकीय क्षेत्र बनाउने याेजना रहेकाे पनि उहाँकाे तर्क छ। यहाँ बढी मात्रमा आन्तरिक पर्यटकहरू बढी मात्रमा आउने गरेकाे उहाँले बताउनुभयाे।

कृषिकाे सन्दर्भमा यहाँ हिमाली भाग भएकाले खेती याेग्य जमिन कम भएकाे उहाँले बताउनुभएकाे छ ।कृषिमा कृषकका लागि केन्द्रित गरेर आलु प्रवर्द्धन कार्यक्रम संचालन, आलु  बजारीकरणमा सहजता, टनेल र बीउ अनुदान दिने जस्ता आदि कार्यक्रम रहेकाे उहाँले बताउनुभयाे । यहाँका कृषक चाैरीगाई पालन, भेडा- बाख्रापालन र तरकारी खेती बढी मात्रमा गर्ने उहाँकाे भनाइ छ।

शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।

यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे।

साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ३ लाई पालिकाले ८० लाख बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे। प्रदेश र संघीय सरकारले पनि दिएकाे समेत गरेर कुल ७ कराेड ६० लाख बजेट रहेकाे पनि उहाँकाे भनाइ छ।

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका ५० प्रतिशत भन्दा बढी माग ५ वर्षभित्रमा पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे अध्यक्ष शेर्पाकाे दावी छ।

Facebook Comments Box

Share Icon