अफगान शरणार्थीलाई स्वदेश फर्किन पाकिस्तानले अल्टिमेटम दिएको भन्दै राष्ट्रसंघको आपत्ति

Share Icon

इस्लामावाद । पाकिस्तानले मुलुकमा रहेका १० लाख अफगान शरणार्थीलाई स्वदेश फर्किन अल्टिमेटम दिएको भन्दै संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ ।

राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त कार्यालयका प्रवक्ता कैसर खान अफ्रिदीले पाकिस्तानले आफ्नो मुलुकमा बसोबास गरिरहेका अफगान शरणार्थीलाई देश छाड्नका लागि आगामी नोभेम्बर १ सम्मको अल्टिमेटम दिएको भन्दै आपत्ति जनाएका हुन् ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार सुरक्षाको प्रत्याभूतिका लागि कसैको करकापमा नभई स्वेच्छाले मात्रै शरणार्थीहरु स्वदेश फर्किनसक्ने प्रवक्ताको भनाइ छ ।

‘हामीले कागजातविहीन अफगानहरुलाई स्वदेश फर्काउने चिन्ताजनक समाचार पाइरहेका छौँ ।’ प्रवक्ता अफ्रिदीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ, ‘यसबारे हामी सरकारी साझेदारहरुसँग अझ स्पष्ट हुन चाहन्छौँ ।’

पाकिस्तानले विगत ४० वर्षदेखि अफगान शरणार्थीलाई स्वागत गरिरहेको भन्दै उनले उनीहरुको सुरक्षाका लागि संयन्त्रको व्यवस्था गर्नसमेत आग्रह गरेका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.