कृषि क्रान्ति मार्फत राेजगारीका अवसर सिर्जना गर्ने याेजनामा छुः अध्यक्ष चन्द्र राई
२१ असाेज, काठमाडाैं । थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश र सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो ।
सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वीभागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु, मुक्ली, देउसा र लोखिम गा. वि. स. मिलेर स्थापित भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा. वि. स. मा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका, दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ।
जनसंख्याको आधारमा हेर्दा नगरपालिकापछिको ठूलो गाउँपालिकाको रुपमा स्थापित यस गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ७५ र क्षेत्रफल १४४.६० वर्ग किलाेमिटर रहेको छ। यस गाउँपालिकामा विशेष गरी थुलुङ राईहरुको बाहुल्यता रहेको छ। साथै क्षेत्री, गुरङ, तामाङ, ब्राम्हण, सुनुवार, नेवार, माझी, कामी, दमाई, दशनामी, सार्की र भुजेल लगायतका अन्य जातजातीहरुको समेत बसोबास रहेको छ। साेही गाउँपालिका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ।
थुलुङ दुधकोशी गाउँपालिका-५ का वडा अध्यक्ष चन्द्रबहादुर राईले सडक बाह्रै महिना संचालन भइरहेकाे बताउनुभएकाे छ। उहाँले वडा खबरसँग कुरा गर्दै यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे बताउनुभएकाे हाे । खानेपानीकाे अवस्था राम्राे रहेकाे पनि उहाँले बताउनुभयाे।
सामुदायिक विद्यालयहरू सुधार उन्मुख रहेकाे बताउँदै उहाँले माध्यामिक विद्यालयमा शिक्षक दरबन्दीकाे समस्या नभएकाे तर आधारभूत विद्यालयमा भने समस्या रहेकाे उहाँले बताउनुभयाे । साथै विद्यार्थीकाे संख्या न्यून रहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।
कृषिमा सिंचाइमा समस्या रहेकाे बताउँदै उहाँले कृषि क्रान्ति मार्फत पूर्ण रूपमा राेजगारीका अवसर सिर्जना गर्ने याेजनामा रहेकाे बताउनुभयाे। कृषि परम्परागत तरिकाले नै गरिएकाे उहाँले बताउनुभयाे। विदेश जाने युवालाई राेक्ने पहल पनि भइरहेकाे उहाँकाे तर्क छ ।
माइक्राे हाइड्राे पावर कम्पनी मार्फत विद्युत वितरण भएकाे उहाँले बताउनुभयाे। साथै विद्युतकाे केन्द्रीय लाइनकाे विस्तारकाे काम भइरहेकाे पनि उहाँले बताउनुभयाे। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।
जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ५ लाई पालिकाले ८० लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।
अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष राईकाे दावी छ।