कांग्रेस, एमाले र माओवादीका दर्जनाैँ नेता जसपा नेपालमा प्रवेश

Share Icon

काठमाडाैँ । बाँके भृकुटीनगर नेवा गुठीका अध्यक्ष तथा नेवाः पुँच कार्यसमितका सदस्य चन्द्रबहादुर श्रेष्ठलगायत सक्रिय विभिन्न क्षेत्रका अगुवाहरू जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।

बुधबार एक कार्यक्रमबीच जसपा नेता एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले उनीहरूलाई पार्टी भित्र स्वागत गर्दै प्रवेश गराएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य लालिमा मल्ल, नेकपा एमालेका सोमता शाही, सोमता सन्यासी, नेकपा माओवादी नगर कमिटी सदस्य गीता मल्ल, वैश्य समाजका अगुवा ओमकर वैश्यलगायतलाई पनि मन्त्री राईले स्वागत गरेका हुन्।

त्यस्तै मन्त्री राईले गठबन्धनमा नेपाली काङ्ग्रेसको पिठ्यु पछाडिबाट छुरा हान्ने धोको अपुरो रहने जिकिर गरे ।

साथै जसपाका तर्फबाट बाँके क्षेत्र न २ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका मन्त्री राईले बाँकेमा समग्र विकासको लहर ल्याउनका लागि जसपालाई जिताउन अपिल गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवल राष्ट्रिय प्रजातन्त्र पार्टी पनि बाँकेबाट प्रतिनिधिसभा निर्वाचनमा उठेका छन् तर बाँकेमा मन्त्री राईको विकास गर्ने माेडलका कारण जनता उत्साहित भएका छन् । अहिले मन्त्री राईप्रति जनताको विश्वास बढेकाे छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.