जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यमा छुः अध्यक्ष डाँगी
१८ असाेज, काठमाडाैं । राप्ती सोनारी गाउँपलिकाकाे जनसंख्याको हिसाबले नेपालकै सबै भन्दा ठूलो गाउँपालिका हो ।
साेही गाउँपालिकाकाे जनसंख्या ५९ हजार ९ सय ४६ रहेकाे छ । कुल क्षेत्रफल १०४१.७३ वर्ग किलाेमिटर रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ ।
साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ । गा.पा मा समावेश भएका साविक गा.वि.स. हरुः–खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी रहेका छन् ।
राप्ती सोनारी गाउँपलिका-८ का वडा अध्यक्ष सालिकराम डाँगीले कृषि क्षेत्रलाई आत्मनिर्भर गर्ने याेजना भइरहेकाे बताउनुभएकाे छ । यस वडामा खानेपानीकाे समस्या रहेकाे उहाँले बताउनुभएकाे हाे । विद्युतकाे केन्द्रीय लाइन वडाकाे सबै ठाउँमा पूरा गरिएकाे पनि उहाँले बताउनुभयाे ।
जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ । स्वास्थ्य क्षेत्र तुलनात्मक हिसाबले सुधार भइरहेकाे पनि उहाँकाे भनाइ छ। विशेष गरेर यहाँ भएका मठ-मन्दिरहरूकाे संरक्षणका र व्यवस्थापन गरेर पर्यटन क्षेत्रलाई अगाडि बढाउने याेजना रहेकाे उहाँले बताउनुभयाे । इन्टरनेट सेवा वडाकाे सबै ठाउँमा उपलब्ध भएकाे पनि उहाँकाे भनाइ छ।
अधिकांश सडक कच्ची भएकाे तर सडक बाह्रै महिना संचालन भइरहेकाे पनि उहाँले बताउनुभएकाे हाे । सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तरकाे सुधार गर्ने प्रयास भइरहेकाे उहाँले बताउनुभयाे ।साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे । आधुनिक तरिकाले खेती लगाउने गरिएकाे पनि उहाँले बताउनुभयाे ।
वैदेशिक राेजगारीमा जानबाट युवा वर्गलाई राेक्नका लागि पनि पहल भइरहेकाे अध्यक्ष डाँगीले बताउनुभयाे।साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ८ लाई पालिकाले ८५ लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे ।
अन्त्यमा निर्वाचनकाे समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता पूरा गर्ने लक्ष्य रहेकाे उहाँकाे दावी छ ।