अफगानिस्तानमा हातहतियार फेला
१७ असोज, एजेन्सी । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा प्रहरीले आरपीजी–७ सहित हतियार रगोलाबारुद फेला पारेको छ ।
प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नजारीले केही दिनअघि उक्त प्रान्तमा गरिएको शृङ्खलाबद्ध अपरेसनमा चार टुक्रा एकेएम, एउटा मेसिनगन, एउटा आरपीजी–७ रकेट लन्चर र अमेरिकामा बनेको एम१६ एसल्ट राइफल बरामद गरिएको बताए ।
उनका अनुसार अपरेसनका क्रममा हजारौँ गोली र प्रोजेक्टाइल पनि बरामद गरिएको छ ।
यस्तै कारवाहीका क्रममा प्रहरीले शुक्रबार पूर्वी अफगानिस्तानको पन्जसिर प्रान्तमा पनि हतियार र गोलाबारुद फेला पारेको थियो ।
Facebook Comments Box
Related posts:
चीनमा बढ्दो बेरोजगारीका बीच होस्टेल बने जागिर खोज्ने युवाहरूको आश्रयस्थल
सी जिनपिङको अमेरिका भ्रमणमा के भयो, के भएन ?
संयुक्त राष्ट्रसङ्घ प्रमुखले पेरुमा संकट समाधान गर्न वार्ताको आह्वान
पर्यटक र विद्यार्थीको भेषमा विदेशमा जासुसी गराउँदै चिनियाँ सरकार
म्यान्मा : विस्थापितहरूको शिविरमा भएको सैन्य आक्रमणमा २९ को मृत्यु