यसै वर्षभित्र चार वटा सडककाे कालाेपत्रेकाे काम सम्पन्न हुनेछः अध्यक्ष पाैडेल
१५ असाेज, काठमाडाैं । बढैयाताल गाउँपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्दछ ।
यस गाउँपालिकाको अन्य विशेषताका रुपमा बढैया ताल, प्राचिन कालिका मन्दिर, दुई मोहना, नागमणि नाथ आदि जसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने गरेकोछ । भौगोलिक हिसाबले ८१०२३’१७” देखि ८१०३३’४९” पूर्वी देशान्तर र २८०४’११” देखि २८०१३’५८” उत्तरी अक्षांशमा अवस्थित बढैयाताल गाउँपालिका लुम्बिनी प्रदेश क्षेत्रको एउटा प्रमुख धार्मिक, ऐतिहासिक तथा व्यवसायिक औधोगिक क्षेत्र हो ।
यस गाउँपालिका समुद्री सतहबाट १४३ मिटरदेखि १५७ मिटरसम्मको उचाइमा अवस्थित छ भने ११५.१९ वर्ग किलाेमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा बाँसगढी नगरपालिका पश्चिमतिर गुलरिया नगरपालिका, दक्षिणमा भारत रहेको छ भने पूर्वमा बाँके जिल्ला रहेको छ । बढैयाताल गाउँपालिकालाई २०७३-११-२७ गते गाउँपालिका घोषणा गरिएको हो ।
गाउँपालिकाको तापक्रम वि.स. २०७४ मा न्यूनतम ७.७ डिग्री सेल्सियसदेखि अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियसकाबीच रहेको पाईन्छ । बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिका तथा नगरपालिकाहरुमा विकासको सम्भावना बोकेको गाउँपालिकाको रुपमा बढैयाताल गाउँपालिका रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ ।
घरधुरी सर्वेक्षण २०७४ को तथ्याङ्क अनुसार सबै भन्दा धेरै १९,५७१ अर्थात ३९.२ प्रतिशत तराई जनजाती, दोस्रोमा १३,४५२ अर्थात २६.९ प्रतिशत ब्राह्मण क्षेत्रीहरू, तेस्रोमा पहाडी दलित, चौथो र पाँचौमा क्रमश जनजाती र तराई अन्य तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा कृषि, व्यापार, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोत व्यापार, उद्योग, साथै विकल्पमा नोकरी साथै वैदेशिक रोजगारी पनि एक हो ।
परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमश आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिकामा आधारभूतदेखि उच्च शिक्षासम्म प्रदान गर्ने निजी र सामुदायिक गरेर ५३ विद्यालय रहेका छन् ।
अध्ययनका लागि यस गाउँपालिकाका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिका-नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । विगतमा लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाव, योजनावद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा
कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होली, महाशिवरात्री, माघी, कृष्णजन्माष्टमी, बकरइद, रमजान, छठपर्व, होली, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाइन्छ ।
बढैयाताल गाउँपालिका-८ का वडा अध्यक्ष तेजनाथ पाण्डेले यस वडामा चार वटा सडकमा यसै वर्ष कालाेपत्रे काम सम्पन्न हुने बताउनुभएकाे छ । साथै गत वर्ष सडक स्तरउन्नतीका १९ लाख रूपैयाँ छुट्टाएर १३ वटा याेजनाकाे काम गरेकाे पनि उहाँले बताउनुभएकाे हाे । जति हुनुपर्ने हाे तर त्यति काम हुन नसकेकाे पनि उहाँले बताउनुभयाे ।
साथै समग्र रूपमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा विकास निर्माणका काम सहज रूपमा भइरहेको पनि उहाँले बताउनुभयाे । साेही वडामा रहेका ६ वटा सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तरमा सुधार गर्नका लागि विशेष पहल भएकाे पनि उहाँले बताउनुभयाे ।
सामुदायिक विद्यालयलाई सुधार गर्नका लागि शिक्षकलाई तालिम दिनुका साथै शिक्षक र विद्यार्थीकाेबीचमा आफैंले अन्तरक्रिया कार्यक्रम समेत गरेकाे उहाँकाे भनाइ छ । कालिका प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स संचालन र बिरामीका आफन्ता बस्ने प्रतिक्षालय समेत संचालन गर्ने तयारी भएकाे पनि उहाँले बताउनुभयाे ।
विद्युतकाे केन्द्रीय लाइन सबै ठाउँमा पुगेकाे तर मर्मत सम्भारकाे काम भने भइरहेकाे उहाँकाे भनाइ छ । पर्यटन क्षेत्रमा वडामा भएका गुम्बा, मठमन्दिर र तालहरूकाे संरक्षण र व्यवस्थित गर्ने याेजना भइरहेकाे पनि उहाँले बताउनुभयाे । गत वर्ष कृषकलाई तरकारी खेती गर्नका लागि केन्द्रित गरिएकाे र यस वर्ष भने पशुपालनका लागि विशेष रूपमा पहिलाे प्राथमिकता दिएकाे पनि उहाँकाे तर्क छ ।
आर्थिक र सामाजिक विकास नभएसम्म विकास नहुने पनि उहाँकाे तर्क छ । कृषिमा आधुनिक तरिकाले खेती गरिएकाे पनि उहाँले बताउनुभयाे । तर बजेट अभावका कारणले पूरा हुन नसकेकाे उहाँकाे भनाइ छ। आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ८ लाई नगरपालिकाले ७० लाखको बजेट सिलिङ गरेको उहाँले बताउनुभयो ।
निर्वाचन ताका जनताले गरेका मागका आधारभूत चाहाना पूरा गर्ने लक्ष्य रहेकाे उहाँले प्रतिवद्धता गर्नुभएकाे छ ।