एमाले गण्डकी प्रदेशकाे अधिवेशन आजबाट सुरू

Share Icon

१५ असाेज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुने भएकाे छ।

देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकी अधिवेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने भएकाे हाे । अधिवेशनको उद्घाटन अघि एमालेले पोखराका विभिन्न चार स्थानबाट र्‍याली निकाल्ने तयारी गरेको छ ।

एमाले गण्डकीले हस्पिटल चोक, औद्योगिक क्षेत्रस्थित शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित पोखरा बसपार्क गरेर चार स्थानबाट र्‍याली निकालेर अमरसिंचौर पुगेपछि उद्घाटन सभामा परिणत हुने जनाएको छ । उद्घाटन सभालाई एमालेले शक्ति प्रदर्शनका रुपमा हेरेको छ । त्यसैले उसले कास्कीका सबै पालिकाका वडाहरुमा निःशुल्क बसको व्यवस्था गरेको छ ।

अधिवेशनमा ९ सय ७ जना प्रतिनिधि रहने जनाइएको छ । कास्कीबाट १ सय ४६, स्याङ्जाबाट १ सय १३, गोरखाबाट ५३, बागलुङबाट ७२, पर्वतबाट १ सय १०, नवलपुरबाट १ सय ९, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना प्रतिनिधिका रुपमा सहभागी हुनेछन्।

यसैबीच एमाले गण्डकीको अधिवेशनमा प्यानल बनाउन बन्देज लगाइएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.