पश्चिमा जगतले झुठको खेती गरेको रूसी विदेशमन्त्रीको आरोप
एजेन्सी । रुसी विदेशमन्त्री सर्गेई लाभारोबले पश्चिमा जगतले झुठको साम्राज्य चलाईरहेको आरोप लगाउनु भएको छ ।
राष्ट्रसंघीय महासभालाई सम्बोधन गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै लाभारोबले युक्रेन युद्धमा समर्थन खोज्ने बहानामा पश्चिमा जगतले झुठको खेती गरिरहेको आरोप लगाउनुभएकाे हाे। पश्चिमाहरु विश्वमा नयाँखालको उपनिवेश चलाउन चाहन्छन् भन्दै उहाँले अमेरिका र उसका सहयात्री देशहरुले निरन्तर द्वन्द्वलाई चर्काइरहेको बताउनुभयो ।
संसार उनीहरुको डिजाइनमा चल्नुपर्छ भन्ने मानसिकता पश्चिमाहरुले बोकेको भन्दै लाभारोबले रुसले विश्वलाई उनीहरुको बन्दी बन्न नदिने पनि बताउनुभयो । कृष्ण सागर हुँदै युक्रेनी खाद्यान्न निकासीका लागि राष्ट्रसंघले अघि सारेको प्रस्ताव रुसलाई मान्य नभएको उहाँकाे भनाइ थियाे ।
रुसमाथिको पश्चिमा नाकाबन्दी नहटेसम्म कुनै पनि प्रस्तावमाथि छलफल नहुने उहाँकाे तर्क छ ।