६५ सदस्यीय युवा जनमत संघ बारा गठन

Share Icon

काठमाडाैं । विकास कुमार सिंहको संयोजकत्वमा ६५ सदस्यीय युवा जनमत संघ बारा गठन । जनमत पार्टी बाराको गौरवशाली संगठन युवा जनमत संघ बारा गठन भएको हाे।

बारा जिल्लाको सदरमुकाम कलैया स्थित होटल करण राज पैलेसमा भएको जिल्ला स्तरीय एक बृहत् युवा भेला कार्यक्रम गरी क्रान्तिकारी जुझारु युवा नेता विकास कुमार सिंहकाे संयोजकत्वमा ६५ सदस्यीय युवा जनमत संघ बारा जिल्ला कमिटी गठन भएको छ ।

बारा जिल्लामा रहेका विभिन्न पालिकाबाट करिब ३०० सय भन्दा बढी युवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

युवा जनमत संघ बाराको संयोजक विकास कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिति जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामबाबु साह रहेको थिए भने जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रौशन खातुन ,सुनिल यादव,राजनीतिक समिति सदस्य प्रभुनाथ पटेल ,कामेश्वर यादव , जनमत पार्टीका केन्द्रीय सदस्य एवं बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेल , केन्द्रीय सदस्य विजय गुप्ता , प्रो. हरी प्र. कुर्मी, राईटर आर के राउत ,कार्तिकदेव पाण्डे , लक्ष्मीकान्त गुप्ता ,नगिना देवी जैसवाल , मधेस प्रदेश समिति सदस्य संतोष पटेल , रामाशंकर कुशवाहा ,महिला जनमत संघ बाराका संयोजक अमृता कुमारी , विद्यार्थी जनमत संघ बाराका संयोजक संजय साह सर्राफ लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.