नेपालका प्रधानमन्त्री प्रचण्डसँग भारत-नेपाल सम्बन्धमा फलदायी वार्ता गरेको छु : मोदी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारत-नेपाल सम्बन्धमा फलदायी वार्ता गरेको बताएका छन् ।
उनले बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताएका हुन् । उनले वाणिज्य, ऊर्जा, संस्कृति र पूर्वाधार जस्ता प्रमुख क्षेत्रहरू छलफलमा प्रमुख रूपमा प्रस्तुत भएको बताए ।
उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मैले भारत-नेपाल सम्बन्धमा विगत केही वर्षमा भएको प्रगति र यो सहयोगलाई अझ गहिरो बनाउने उपायहरूबारे फलदायी वार्ता गरेको छु । वाणिज्य, ऊर्जा, संस्कृति र पूर्वाधार जस्ता प्रमुख क्षेत्रहरू छलफलमा प्रमुख रूपमा प्रस्तुत भए।’
चारदिने भारत भ्रमण रहेको प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता भएको थियो ।
Facebook Comments Box
Related posts:
जनमत पार्टीको केन्द्रीय समिति विस्तार
परराष्ट्रमन्त्री डा पौड्याल जेनेभा प्रस्थान गर्नुहुँदै
अवैध रुपमा दिराम र लाखौं साउदी रियाल दुबई लैजान खोज्ने १९ वर्षिय युवती पक्राउ
परियोजना ढिलाइप्रति बेइजिङले असन्तुष्टि व्यक्त गर्दा नेपाल-चीन सम्बन्ध तनावग्रस्त
यस्ताे छ अब्दुल खाँकाे जेलदेखि मन्त्रीसम्मकाे यात्रा