Share Icon

काठमाडौं : डाक्टर गोविन्द केसी फेरि अनसन बस्ने भएका छन् । स्वास्थ्य सेवासम्बन्धि विभिन्न माग राखेर केसीले अनसनको तयारी गरेका हुन् ।

उनी भदौ २९ गतेदेखि अनसन बस्ने जनाइएको छ। हामीले राखेका मागहरुको सम्बोधनका लागि सरकारले चासो देखाएन, डा केसीले भने, अब पनि सम्बोधन भएनन् भने भदौ २९ देखि सत्याग्रह सुरु हुन्छ ।

उनले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि परेका आवेदनमा कतिपय व्यक्तिमाथि सार्वजनिक रुपमा प्रश्न उठेको भन्दै उनीहरुको नियुक्तिका बारेमा सरकारको ध्यानाकर्षण गराएको जनाए ।

योग्य र सक्षम व्यक्ति आयोगको उपाध्यक्षमा चाहिन्छ । विगतमा विवादमा आएका र गलत व्यक्तिहरुले पनि आवेदन दिएका छन् । सरकारले त्यस्ता व्यक्ति छनोट गरे नेपालको चिकित्सा शिक्षा र सेवा दुबै समाप्त हुन्छ ।

डा केसी चिकित्सा शिक्षा सुधारका लागि पटकपटक आमरण अनसन बस्दै आएका छन् ।

Facebook Comments Box

Share Icon