Share Icon

१७ बैशाख ,काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२र०६ र ०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन्।

धनगढी उप-महानगरपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ३ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्।

यस वडाका जनप्रतिनिधि राज बहादुर ऐर मंगलसेन नगरपालिका २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो।

धनगढी उप–महानगरपालिकास्थित वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राज बहादुर ऐर।

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ। विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले समाजसेवीबाट वडा अध्यक्षमा उहाँलाई अध्यक्षकै रुपमा पत्याएका छन्।

वडामा चालु आर्थिक वर्षमाको बजेटबाट सतप्रतिशत काम सम्पन्न भएकाे वडा अध्यक्ष राज बहादुर ऐरले उल्लेख गर्नुभयो।

वडा अध्यक्ष ऐरले भन्नुभयाे, ‘वडामा हाम्राे समस्या भनेकाे डुवान रहेकाे छ । मेराे कार्याकालमा याे समस्या अन्ते गर्न लागी रहेकाे छु । ‘

‘वडामा पारिवारिक वातावरण सिर्जना गरेकाे छु । स्थानियहरू संग, संगै बसेर स्थानियका समस्या समेटेकाे छु । र वडामा विकास निर्माणमा निरन्तर रूपमा लागी रहेकाे छु । ‘ वडा अध्यक्ष ऐरले बताउनुभयाे ।

समाजिक सेवामा गरिरहदा गरेका गतिबिधि तथा  स्थानियका समस्या प्रतिको लगावका कारण जनताले यसपालि  ऐरलाई वडा अध्यक्षमा जिताएका हुन्। पुुर्व अध्यक्षका पालाका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेको छ।

उहाले भन्नुभयो, ‘ डुवानलाई निकास गर्ने तथा  शिक्षा, बाटोघाटो, जनचेताना, स्वास्थ्य, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू अगाडी बढाएका छौँ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो। उहाँले भन्रुभयो,’स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ।’

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ। जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन। यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो?

मलाई वडाबासीहरुले विश्वास गररे एउटा साधारण समाज सेविबाट  वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

क्रमागत रूपमा विकास हुने छ । सबै समस्याहरूको सम्बोधन गर्ने छु । वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु। जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।

 

Facebook Comments Box

Share Icon