Share Icon

११ असाेज,काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल  बिहीबार कैलाश पर्वत र मानसरोवर जानु हुने भएकाे छ ।

बुधबार चीनको ल्हासा पुग्नुभएका प्रधानमन्त्री दाहाल बिहीबार हिन्दुहरुको पवित्र धार्मिक स्थल कैलाश पर्वत र मानसरोवर जान लाग्नुभएको हो । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ।

बुधबार तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएका उहाँले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सोचे भन्दा सफल भएको दावी गर्नुभयो ।

चीनका राष्ट्रपति सी जिनपिङ र चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू भएको भन्दै उहाँले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पनि बताउनुभयो ।

विगतमा सञ्चालनमा रहेका सबै नाकाहरू खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरू छिट्टै खुल्ने पनि उहाँको दावी रहेकाे छ ।

 

Facebook Comments Box

Share Icon