Share Icon

♠ हस्ता विष्ट
१ चैत्र, काठमाडाैँ ।   पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा।वि।स।लाई समेटेर र मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो।

देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ । पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिएको जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ । यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित शुक्लागण्डकी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुमन बहादुर रानामगरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

शुक्लागण्डकी नगरपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष सुमन बहादुर रानामगर ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष रानामगर अहोरात्र खटिरहनुभएको छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं. २ मा नगरबाट जम्मा बजेट १ करोड १० लाख, ३० लाख प्रदेशबाट र संघबाट ९५ लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष सुमन बहादुर रानामगरले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष रानामगर भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष रानामगरले बताउनुभयोे ।

वडा अध्यक्ष रानामगरले भन्नुभयो,  ” वडामा पहिलो प्राथमिकता बाटोलाई दिए साथसाथै बाटोको स्तरउन्नति गर्दै नाली सहितको बाटो, ढलान गर्ने र ग्राभेल गर्ने कामहरु भईरहेको छ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गर्नको लागि वडाबाट बृहत रुपमा काम गरिरहेको वडा अध्यक्ष रानामगरले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” शिक्षाको क्षेत्रमा गुणस्तरीय शिक्षा ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरु लगभग बाहिर जाने भएकोले त्यसलाई रोक्नको लागि विद्यालयमा शिक्षण अनुगमन गर्न कुनै विद्यालयमा सि.सि.टि.भि.क्यामराको जडान गरेको र कुनै विद्यालयमा भौतिक संरचना निर्माण गर्ने योजनामा रहेको उहाँले जानकारी दिनुभयो । ”

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु उपलब्ध गराईरहेको वडा अध्यक्ष रानामगरले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” कृषिको क्षेत्रमा कृषिमा उत्पादन बढाउनको लागि कृषकहरुलाई विभिन्न तरकारीहरु विउँ विजनहरु वितरण गरेको र मौरी पालनको लागि मौरीको घारहरु वितरण गरिएको हो । ”

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु गुडिया बनाउने तालिम सम्पन्न भईसकेको र ६ महिने सिलाई कटाई तालिम सञ्चालन भईरहेको वडा अध्यक्ष रानामगरको भनाई छ ।

उहाँले भन्नुभयो,  ” वडामा युवाहरुलाई मध्यनजर गर्दै वडास्तरीय खेलकुदहरु भलिबल र फुटबलको लागि वडाबाट बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । ”

त्यसै गरी यस वडामा आन्तरिक पर्यटकीय क्षेत्रको लागि होमस्टेको निमार्ण गरेर केहि हदसम्म आम्दानीको स्रोत रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon