चिनियाँ राष्ट्रपति सीका सहयोगीलाई ढोकामै रोकियो

Share Icon

काठमाडाैं । चीनका राष्ट्रपति सी चिनफिङको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडिओमा चिनियाँ राष्ट्रपति सी आफ्ना आफ्ना सहयोगीका साथ हलमा प्रवेश गरिरहेको देखिन्छ। यसलाई ब्रिक्स शिखर सम्मेलनको हल भनिन्छ।

तर सी ढोकाभित्र छिर्नासाथ एक सुरक्षा गार्डले उनका सहयोगीलाई भने ढोका थुनेर रोकेको देखिन्छ।

त्यसबेला चिनियाँ राष्ट्रपति सी भने ढोकाबाट छिरेर रातो कार्पेटमा हिँडिरहेका हुन्छन् र बारम्बार फर्केर ढोकातर्फ हेरिरहेका छन्। तर, आफ्ना सहयोगीलाई रोकेकामा उनले कुनै विरोध वा आपत्ति प्रकट गरेको देखिँदैन।

उक्त भिडिओबारे सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आइरहेका छन्।

जेनिफर जाङ नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘दक्षिण अफ्रिकी सुरक्षा अधिकारीहरूले सी चिनफिङका अनुवादकलाई ब्रिक्सको मुख्य स्थलमा प्रवेश गर्नबाट रोके। सी चिनफिङ एकदमै हराएको देखिन्छ।’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘दक्षिण अफ्रिकी सुरक्षा सेवाले सी चिनफिङका गार्डलाई जबरजस्ती रोक्यो।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.