‘चीनको विकास मोडल चकनाचुर भइसक्यो’

Share Icon

एजेन्सी । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको देश चीन हाल गहिरो सङ्कटमा भएको र ४० वर्षको उसको ‘सफल विकास मोडल’ अब चकनाचुर भएको अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले बताएको छ ।

वाल स्ट्रिट जर्नलले आइतबारको आफ्नो विशेष रिपोर्टमा यस्तो लेखेको हो । ‘अब चीन एकदमै सुस्त वृद्धिको युगमा प्रवेश गरिरहेको अर्थशास्त्रीहरू विश्वास गर्छन्, प्रतिकुल जनसाङ्ख्यिक, अमेरिका र उसका सहयोगीसँगको बिग्रँदै गएको सम्बन्धले स्थितिलाई अझ खराब बनाउँदैछ । यसले चीनको विदेशी लगानी र व्यापारमा खतरा निम्त्याएको छ । ’

लेखमा कोलम्बिया युनिभर्सिटीका आर्थिक सङ्कट मामिलाका प्रोफेसर एडम टोव्सले भनेका छन्, ‘अब चीनको आर्थिक मोडेल चकनाचुर भएको छ, हामी चीनको आर्थिक इतिहासमा सबैभन्दा ठुलो गिरावट देखिरहेका छौँ ।’प्रतिवेदनका अनुसार सन् २०२२ सम्ममा सरकारको कुल ऋण चीनको कुल गार्हस्थ्य उत्पादनको करिब ३ सय प्रतिशत पुगेको छ ।

पत्रिकाले लेख्छ – बेइजिङका वरिष्ठ अधिकारीहरू विश्वास गर्छन् कि पछिल्ला दशकको विकास मोडेल अब अधिकतम सीमामा पुगेको छ । कतिपय विज्ञहरू विकास भन्नाले धेरै किसिमका आयोजनामा लगानी बढाउनु पर्ने धारणा राख्छन् ।

गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले पार्टीका नयाँ पुस्ताका नेताहरूलाई भनेका थिए, ‘तिमी नयाँ जुत्ता लगाएर पुरानो बाटो हिँड्न सक्दैनौँ ।’ अखबारले लेखेको छ, ‘सी जिनपिङ र उनको टोलीले देशको पुरानो विकास मोडेलबाट टाढा जान र नयाँ केहि गर्नका लागी धेरै कम काम गरेको छ ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.