बारामा यातायात कार्यालय स्थापनाका साथै कलैयामा बसपार्कको स्तर उन्नति हुने मन्त्री सिंहको प्रतिबद्धता

Share Icon

काठमाडाैं । जनमत पार्टीका राष्ट्रिय महासचिव एवं मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री माननीय चन्दन सिंहले एक कार्यक्रमका बीच बारा जिल्लाको कलैया स्थित पन्नावागमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको उत्तर पट्टीको भवनमा जनमत पार्टीको जिल्ला पार्टी कार्यालय उदघाटन गर्नुभएको छ ।

जनमत पार्टी बाराद्वारा आयोजित “पार्टी कार्यालय उदघाटन तथा नेता-कार्यकर्ता भेटघाट कार्यक्रम ” लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री सिंहले बारा जिल्लामा चाडैं यातायात कार्यालय खुल्ने र कलैया मा रहेको बसपार्क को स्तर उन्नती समेत गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले उक्त कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो । साथै कलैयामा रहेको बसपार्क को अवलोकन समेत गर्नुभयो । जनमत पार्टी बाराका जिल्ला ईन्चार्ज शिवनाथ पटेल ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई जनमत पार्टीका केन्द्रीय सदस्य विजय गुप्ताले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य महिला नेतृ शुष्मा यादवले गरेकी थिईन ।

त्यस्तै उक्त कार्यक्रममा जनमत पार्टीका मधेस प्रदेश समिति सदस्य रामाशंकर कुशवाहा,गजानन्द यादव , केन्द्रीय सदस्य एवं राजनीतिक समिति सदस्य कामेश्वर यादव , केन्द्रीय कार्यकारिणी सदस्य रौशन खातुन , रामबाबु साह,सुनिल यादव , पर्सा जिल्ला महिला नेतृ रेखा यादव र विशिष्ट अतिथिको रुपमा रहेको पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य ललित मल्लिक शानु ले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.