अविरल वर्षाले कुलो पुरिएपछि वडा अध्यक्षकाे पहलमा सफा गराइयाे

काठमाडाैं । कास्कीकाे रूपा गाउँपालिका वडा नम्बर ५ मा अविरल वर्षाका कारण सिँचाइ कुलो पुरिएपछि जेसीबीले सफा गरिएकाे छ ।
वडा अध्यक्ष राजन खनालका अनुसार यस वडाकाे फेदिको पारी बगर सिँचाइ कुलोमा अविरल वर्षाले पुरिएपछि जेसीबीले सफा गरिएकाे हाे ।
उहाँले सिँचाइ कुलो पुरिएपछि अनुगमनपश्चात गाउँपालिकाकाे सहयाेगमा सफा गरिएकाे जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे,‘कुलोमा अविरल वर्षाको कारण पुरिएपछि करिब ३० रोपनी खेतीयोग्य जमिनमा तत्काल सिँचाइकाे सुविधा पुर्याउन प्राबिधिक सल्लाह सुझावअनुसार सफा गराइएकाे हाे।’
Facebook Comments Box