Share Icon

काठमाडाैं । बाराकाे आदर्श काेतवाल गाउँपालिका वडा नम्बर ८ काे कार्यालयले वडावासीमा अनुराेध गरेकाे छ ।

वडा कार्यालयमा बसेकाे वडास्तरीय बैठकले वडावासीहरूमा प्रचलित कानुनकाे पालना गर्न आग्रह गरेकाे छ ।

वडा अध्यक्ष हरिनारायण प्रसाद कुशवाहाले बैठकमा वडावासीहरूलाई कानुन बारे सुसचित गराउन प्रभावकारी कदम चाल्ने निर्णय भएकाे जानकारी दिनुभयाे ।

उहाँले बैठकमा १५ बुँदे निर्णय भएकाे बताउनु भयाे । साथै उहाँले कार्यायलद्वारा दिइने सेवाकाे बारेमा वडावासीलाई जानकारी दिन सञ्चारमाध्यममा जनहितमा सूचना जारी गर्ने विषयमा बैठकमा छलफल भएकाे जानकारी दिनुभयाे ।

उहाँले ब्यक्तिगत घटना दर्ता जस्तै जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद दर्ता ३५ दिन भित्रमा वडा कार्यालयमा गई दर्ता गराए निःशुल्क हुने बताउनु भयाे ।

Facebook Comments Box

Share Icon