ली दोङ चिनियाँ कम्युनिस्ट पार्टीबाट निकालिए

Share Icon

एजेन्सी । चाइना इनर्जी इन्भेस्टमेन्ट कर्पोरेसन (चाइना इनर्जी) का पूर्व उपमहाप्रबन्धक ली दोङलाई अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बाट निष्कासन गरिएको छ।

सीपीसी केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षण आयोगद्वारा बुधबार आधिकारिक विज्ञप्ति जारी गर्दै उक्त सजायको घोषणा गरिएको हो। देशको शीर्ष भ्रष्टाचारविरोधी निकायले गरेको अनुसन्धानमा कम्पनीको पूर्व पार्टी सदस्य समूहका प्रमुख सदस्य पनि थिए। उनले आफ्नो आदर्श र विश्वासको आधार गुमाएको र राजनीतिक चेतनाप्रति उदासीन भएका थिए।

उनले आफ्ना समस्याहरूको अनुसन्धानको विरोध गरे र पार्टी र सरकारी आचरणमा सुधार गर्ने केन्द्रीय पार्टी नेतृत्वको आठबुँदे निर्णयको अवहेलना गर्दै शृङ्खलाबद्ध गलत काम गरे।

उनले पार्टीको आदर्शविपरीत भोजभतेर, यात्रामा बढी रूची देखाउने गरेको, गल्फ खेल्ने, र नियमविपरीत पैसा र उपहार लिन गरेको आधारमा उनलाई कारबाही गरिएको हो।

सीपीसीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “लीले नियमअनुसार आफ्नो व्यक्तिगत जानकारी रिपोर्ट पार्टीमा जानकारी गराउन नचाहेको, व्यक्तिगत स्वार्थका लागि जागिरको पदोन्नतिमा हस्तक्षेप गरेको र केही गैरसूचीबद्ध कम्पनीहरूमा सेयर स्वामित्व लिएको पाइएको छ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “लीको मुद्दा पुनरवलोकन र अभियोजन प्रक्रियाका लागि अभियोजकहरूलाई हस्तान्तरण गरिनेछ र उहाँको अवैध लाभ जफत गरिनेछ।” रासस/सिन्ह्वा

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.